२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा जापानसँगको ‘विशाल’ व्यापार सम्झौताको घोषणा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार जापानसँगको व्यापार सम्झौताको घोषणा गरेका छन्। केही हप्ता अघिसम्म सम्भव नदेखिएको  यो सम्झौताको घोषणाले धेरैलाई आश्चर्यमा पारेको छ। ‘हामीले जापानसँग विशाल सम्झौता पूरा गरेका छौँ, ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्।

 ‘सम्भवतः इतिहासकै सबैभन्दा ठुलो सम्झौता हो ।’ सम्झौताअनुसार अमेरिकी आयातकर्ताले जापानबाट आयात हुने सामानमा १५ प्रतिशत  ‘पारस्परिक’ महसुल तिर्नुपर्नेछ भने जापानले पनि अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्ने  ट्रम्पले बताएका छन्। 

 अमेरिकाले यस सम्झौताबाट ९० प्रतिशत नाफा प्राप्त गर्ने उनको दाबी छ । तर उनले लगानी कसरी हुने र नाफा कसरी गनिने भन्नेबारे स्पष्ट पारेनन्। सम्झौताको औपचारिक विवरण सार्वजनिक गरिएको छैन।

‘यस सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्नेछ,  यसअघि यस्तो केही भएको छैन। सम्भवतः सबैभन्दा महत्त्वपूर्ण कुरा, जापानले आफ्नो मुलुकमा गाडी, ट्रक, चामल तथा अन्य कृषि उपजहरूको व्यापारका लागि ढोका खोल्नेछ। जापानले १५प्रतिशत  पारस्परिक महसुल अमेरिका तर्फ तिर्नेछ,’ ट्रम्पले पोस्टमा लेखेका छन्। 

प्रकाशित: ७ श्रावण २०८२ ०७:३० बुधबार

#trump #NagarikNews ##NepaliNews