इरानी राष्ट्रपति मसूद पाज्गियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानको आणविक अधिकार प्रतिबन्धित गर्ने कुनै अधिकार नभएको बताएका छन् ।
युद्धविरामको समयसीमा सकिन लाग्दै गर्दा आइतबार उनले यस्तो बताएका हुन् ।
इरानी समाचार एजेन्सी आइएसएनएसँग पाज्गियानले भने, ‘ट्रम्प भन्छन् कि इरानले आफ्नो आणविक अधिकार प्रयोग गर्न सक्दैन, तर उनले कुन अपराधको लागि निर्दिष्ट गर्दैछन्। देशलाई यसको अधिकारबाट वञ्चित गर्ने उनी को हुन्?’
अमेरिका–इरानी वार्ता गतिरोधमा छ । दुई पक्षबीचको मतभेद इरानको आणविक कार्यक्रम र होर्मुज स्ट्रेटको नियन्त्रणबाट सुरु भएको हो ।
पजाकियानले इरानले युद्ध नचाहेको बताएका छन् । उनले इरानले युद्ध नचाहेको र केवल आत्मरक्षा गरिरहेको दोहोर्याए। उनले अमेरिका र इजरायललाई नागरिक पूर्वाधारलाई लक्षित गरेको आरोप लगाउँदै यसबाट अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको बताए ।
यसअघि इरानी संसदका सभामुख मोहम्मद बागेरले अमेरिकालाई विश्वास गर्न नसकिने र अवस्था जुनसुकै बेला बिग्रन सक्ने बताएका थिए ।
प्रकाशित: ६ वैशाख २०८३ १८:१७ आइतबार





