१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मेक्सिकोमा २५० जना सवार रेल दुर्घटना : १३ को मृत्यु, ९८ घाइते

मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा ९८ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन्।

‘यस दुर्घटनाको परिणामस्वरूप १३९ जना खतरामुक्त छन्, ९८ जना घाइते छन्। दुर्भाग्यवश, १३ जनाले ज्यान गुमाएका छन्,’ रेल सञ्चालन गर्ने मेक्सिकन नौसेनाले विज्ञप्तिमा भनेको छ। रेलमा ९ चालक दलका सदस्य र २४१ यात्रुसहित २५० जना सवार थिए। दुर्घटनापछि १९३ जना खतरामुक्त रहेका छन् भने ९८ जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको उपचार भइरहेको छ।

राष्ट्रपति क्लाउडिया शेनबाउमले नौसेना सचिव र अन्य वरिष्ठ अधिकारीहरूलाई क्षेत्रमा भ्रमण गर्न र प्रभावित परिवारहरूलाई सहयोग गर्न निर्देशन दिएकी छिन्। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको बताइएको छ। यो रेल मेक्सिकोको खाडी र प्रशान्त महासागरबिच सञ्चालन हुँदै आएको थियो। यसले यात्रु तथा मालसामान बोक्छ।

यो लाइनको उद्घाटन २०२३ मा दक्षिणपूर्वी मेक्सिकोको विकासका लागि प्रमुख पूर्वाधार परियोजनाको रूपमा गरिएको थियो। एजेन्सी 

प्रकाशित: १४ पुस २०८२ ०७:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App