३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

न्यूयोर्कमा पर्यटक बस दुर्घटना : पाँचको मृत्यु, दर्जनौँ घाइते

अमेरिका-क्यानडा सीमामा रहेको नियाग्रा फल्सबाट न्यूयोर्क सहर फर्किरहेको ५४ जना यात्रु बोकेको पर्यटक बस शुक्रबार (स्थानीय समय) न्यूयोर्कको पेम्ब्रोक नजिकै अन्तरराज्यीय राजमार्गमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।  

न्यूयोर्क प्रहरीका अनुसार बस नियाग्रा फल्सबाट फर्किंदै थियो। प्रत्यक्षदर्शीले बसले नियन्त्रण गुमाएर दायाँतर्फ ठोक्किएर पल्टिएको बताएका छन्। प्रहरी मेजर आन्द्रे रेले भने, ‘दिउँसो १२:३० (स्थानीय समय) बजे बसको चालकको ध्यान विचलित भई नियन्त्रण गुमाएको र अत्यधिक सुधार भएको देखिन्छ।’ उनले थपे, ‘चालक कसरी विचलित भए, कारण अनुसन्धान भइरहेको छ।’  

यात्रुहरू एकदेखि ७४ वर्ष उमेर समूहका थिए। अधिकांश भारतीय, चिनियाँ र फिलिपिन्सका पर्यटक थिए। दुर्घटनामा पाँच वयस्कको घटनास्थलमै मृत्यु भयो। धेरै भग्नावशेषमा फसेका थिए। प्रहरीले धेरैले सिट बेल्ट नलगाएको विश्वास गरेको छ। दर्जनौँलाई अस्पताल लगिएको छ, जहाँ टाउकोदेखि हात-खुट्टा भाँचिएका चोटपटकको उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानले यान्त्रिक गडबडी वा चालकको कमजोरीलाई अस्वीकार गरेको छ। चालक बचेका छन्, प्रहरीलाई सहयोग गरिरहेका छन्। शुक्रबार साँझसम्म कुनै उजुरी दर्ता भएको छैन। न्यूयोर्कका गभर्नर क्याथी होचुलले भनिन्, ‘स्थानीय अधिकारी उद्धार र सहयोगमा जुटेका छन्।’  

मर्सी फ्लाइट चिकित्सा यातायात सेवाले ६ हेलिकप्टरमार्फत घाइतेलाई उद्धार गरेको छ। अस्पतालहरूले ४० भन्दा बढीको उपचार गरेको बताएका छन्। राष्ट्रिय यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गर्न टोली पठाउने भएको छ। अनुवादकको सहयोगमा आपतकालीन प्रतिक्रिया कार्य भइरहेको छ। एजेन्सी

प्रकाशित: ७ भाद्र २०८२ ०९:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App