२० श्रावण २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानमा सैन्य अभ्यासका क्रममा ट्यांक विस्फोट हुँदा तीन सैनिकको मृत्यु, एक घाइते

जापानमा सैन्य अभ्यासको क्रममा मंगलबार बिहान भएको ट्यांक विस्फोटमा तीन सैनिकको मृत्यु भएको छ।

प्रधानमन्त्री साने ताकाइचीका अनुसार दक्षिणपश्चिम जापानमा रहेको भूमिगत आत्मरक्षा बलको तालिम क्षेत्रमा ट्यांकको गोला अचानक विस्फोट हुँदा मंगलबार यसका तीन सदस्यको मृत्यु भएको हो। अर्का एक सदस्य घाइते भएका छन्। 

ओइता प्रिफेक्चरमा रहेको हिजुदाई तालिम क्षेत्रमा ट्यांक अभ्यासको क्रममा स्थानीय समय अनुसार बिहान ८:४० बजे दुर्घटना भएको थियो। ट्यांकको गोला फायर हुनुभन्दा अगाडि नै विस्फोट भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

भूमिगत आत्मरक्षा बलले उनीहरूबारे थप जानकारी नगराए पनि मारिएका तीनमध्ये दुई जना ३० वर्षका र एक जना ४० वर्षका रहेको बताएको छ। ‘हामी घटनाको विवरण र कारण पुष्टि गर्ने प्रयास गरिरहेका छौँ,’ रक्षामन्त्री शिन्जिरो कोइजुमीले टोकियोको संसद् भवनमा पत्रकारहरूसँग भने, ‘यो अत्यन्तै दुखद छ। हामी पूर्ण सुरक्षा उपायहरू अपनाइनेछ भनी सुनिश्चित गर्नेछौँ।’

स्थानीय अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार घाइते व्यक्तिको अनुहार जलेको छ र उनी होसमा छन्। दुर्घटनामा संलग्न चार कर्मचारीहरूले ट्यांक कमाण्डर, गनर, सुरक्षा अधिकारी र चालकको रूपमा काम गरेका थिए। 

प्रधानमन्त्री ताकाइचीले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले यस घटनाको कारण पत्ता लगाउन अनुसन्धान थालेको जानकारी दिइन्। साथै, उनले सुरक्षा व्यवस्थापनलाई पूर्ण रूपमा बलियो बनाउन प्रयास गर्ने विश्वास दिलाएकी छन्।

प्रकाशित: ८ वैशाख २०८३ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App