१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वका १० भोकमरी प्रभावित देशमा सार्कबाट परे तीन राष्ट्र

तस्बिरः एआई

गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न सङ्कटको सामना गरिरहेका दुई तिहाई मानिसहरू मुख्य गरी १० वटा देशका रहेको  राष्ट्रसङ्को प्रतिवेलनले जनाएको छ। प्रतिवेदन अनुसार तीनीहरु मध्ये एक तिहाइ सुडान, नाइजेरिया र कङ्गोका रहेका छन्।

संयुक्त राष्ट्र सङ्घ युरोपेली सङ्घ र मानवीय निकायहरूको तथ्याङ्कमा आधारित खाद्य सङ्कट सम्बन्धी ग्लोबल रिपोर्ट अनुसार द्वन्द्व तीव्र खाद्य असुरक्षाको मुख्य कारण रहेको बताइएको छ।

द्वन्द्व र जलवायु परिवर्तनले  प्रभावित देशको आगामी अवस्था निर्धारण गर्ने सम्भावना रहेको रिपोर्टले जनाएको छ।

अफगानिस्तान, बङ्गलादेश, कङ्गो,  म्यानमा, नाइजेरिया, पाकिस्तान, दक्षिण सुडान, सुडान, सिरिया र यमन गरी १० वटा देशहरूमा तीव्र खाद्य असुरक्षा रहेको प्रतिवेदनमा उल्लेख छ।  

रिपोर्टमा खाद्य असुरक्षा दुई अलग–अलग सन्दर्भहरूमा पुष्टि भएको छ भने गाजा र सुडानका केही भागहरूमा एकै वर्षमा तिव्र खाद्य असुरक्षा देखा परेको जनाइएको छ।

विश्वव्यापी रुपमा ४७ देशका करिब २६ करोड ६० लाख मानिसहरूले गत वर्ष उच्च स्तरको खाद्य असुरक्षाको अनुभव गरेको जनाइएको छ।  

जसले अन्तर्राष्ट्रिय सहायतामा तीव्र गिरावटको पनि चेतावनी दिएको छ भने मध्य पूर्व युद्धका कारण विस्थापितहरूको सङ्ख्या बढेर विद्यमान सङ्कट अझै बढने जोखिम रहेको बताएको छ। प्रमुख तेल आपूर्ति मार्ग, स्ट्रेट अफ होर्मुजको अवरोधले मूल्य वृद्धि हुदै जादा अझै आद्य असुरक्षा बढ्ने सम्भावना रहेको प्रतिवेदनले औल्याएको छ।  

हाल खेतिवाली गर्ने समयमा मल अभाव र मुल्य वृद्धिले सङ्कट अझै बढ्ने सम्भावना रहेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय कृषि विकास कोष (आइएफएडी)का प्रमुख अल्वारो लारियोलेलाई उदृत गर्दै एएफपीले जनाएको छ।

उनले साना किसानहरूलाई थप सहयोगका लागि आह्वान गर्दै पानी र जलवायु अनुसारका बालीहरूमा लगानी गर्न आवाह्नन गरे।

स्थानीय रूपमा मल उत्पादन गर्ने किसानहरूले माटोको स्वास्थ्य सुधार गरेर सङ्कट कम गर्न सक्ने उनले बताए। मल उत्पादनका लागि स्थानीय निजी क्षेत्रका लागि उपकरण तथा अवसर सिर्जना गरी दिगोपन र कायम गर्न सकिने लारियोले बताए। एएफपी

प्रकाशित: ११ वैशाख २०८३ १८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App