१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यी देशहरूले अमेरिकी नागरिकको यात्रामा प्रतिबन्ध लगाए

माली र बुर्किना फासोले आफ्नो देशमा अमेरिकी नागरिकको प्रवेशमा प्रतिबन्ध लगाएका छन्। यी देशहरूले अब अमेरिकी नागरिकलाई आफ्नो देशभित्र प्रवेश गर्न नदिने बताएका छन्। ट्रम्प प्रशासनले यसअघि माली र बुर्किना फासोमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। त्यसको जवाफस्वरूप यी दुवै देशहरूले यो कदम चालेका हुन्।

बुर्किना फासोका विदेशमन्त्री करामोको झाँ–मारी त्राओरेले आफ्नो सरकार ‘पारस्परिकताको सिद्धान्त’ अर्थात् बदला सिद्धान्तअनुसार अघि बढिरहेको बताएका छन्।

त्यस्तै, मालीको विदेश मन्त्रालयले ‘आपसी सम्मान र सार्वभौम समानता’को आह्वान गरेको छ। केही दिनअघि छिमेकी देश नाइजरले पनि अमेरिकामाथि यस्तै यात्रा प्रतिबन्ध लगाएको थियो।

यी तीनै देशमा हाल सैन्य शासन कायम छ। यहाँ भएका तख्तापलटपछि सेनाले सत्ता सम्हालेको हो।एजेन्सी

प्रकाशित: १७ पुस २०८२ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App