३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्र संघले भन्यो: गाजामा भयानक भोकमरी भयो

गलत प्रतिवेदन बनाइएको इजरायलको आरोप

संकटग्रस्त गाजा क्षेत्रमा राहत बापतको सामग्री संकलन गरेर बसेका बालक ।

गाजा सिटीमा पहिलो पटक तीब्र भोकमरी देखिएको संयुक्त राष्ट्र संघले जनाएको छ । संघ अन्तर्गतको खाद्य सुरक्षा अनुगमन गर्ने निकायले शुक्रबार सार्वजनिक गरेको एक  प्रतिवेदनका अनुसार  खाद्य असुरक्षाको हिसाबले गाजा सबैभन्दा चरम ‘पाचौ तह’मा उक्लेको छ ।

गाजा पट्टीका ५ लाख मानिसहरु भोगमरी, अभाव र मृत्युको सामना गरिरहेको ५९ पृष्ठको  प्रतिवेदनमा औल्याएको छ । यसैगरी गाजा सिटीका १ लाख ३२ हजार बालबालिका कुपोषणको चपेटामा रहेको पनि देखिएको छ ।  

आगामी दिनमा गाजामा बिरामीको सख्या र रोगको वृद्धि हुने प्रतिवेदनले औल्याएको छ । संघले निकायले भोकमरीका कहर सेप्टेम्बरको अन्त्यसम्म डेर अल–बलाह र खान यूनिससम्म फैलने सम्भावना रहेको  जनाएको छ ।

सार्वजनिक प्रतिवेदन प्रति  प्रतिक्रिया दिदै संयुक्त राष्ट्र संघका महासचीव एन्टिनिओ गुटेरेशले ‘गाजा यसअघिनै जीवित नर्क जस्तो रहेकोमा अब भोकमरी पनि थपिएको’ बताए ।

उनले भनेका छन्, ‘यो मानवजन्य विपत्ति र मानवतानै असफल भएको संकेत हो ।’

गुटेरेसले थपेका छन्, ‘भोकमरी केवल खानेकुरासँग सम्बन्धित होइन; यो मानव जीवनका लागि आवश्यक पर्ने प्रणालीहरू जानाजानी ध्वस्त पार्नु हो ।’

संयुक्त राष्ट्र संघ प्रमुखले अन्तर्राष्ट्रिय कानूनअनुसार इजरायलले खाद्य र औषधि आपूर्ति सुनिश्चित गर्नुपर्ने इजरायलको कर्तव्य र जिम्मेवारी रहेको बताए ।  

उनले थपे, ‘हामीले यो अवस्थालाई दण्डविहीन रुपमा चल्न दिदैनौ ।  यसमा कुनै वहानावाजी स्विकार्य छैन ।  यूद्धबिराम, सबै बन्धकको तुरुन्त रिहाइ,  अवरोधरहित मानवीय सहायतको पहुँच तत्काल आवश्यक छ ।’

यसैगरी सयुक्त राष्ट्र संघका आपतकालिन राहत सयोजक टोम फेचरले गाजाका संकट विश्वका लागि ‘लज्जास्पद बिषय’ रहेको र तत्काल भोकमरीको अवश्थालाई सम्बोधन गर्नुपर्ने बताए ।  

उता, हमासले लिएको सूचनाको आधारमा गलत प्रतिवेदन बनाइएको इजरायलले जनाएको छ । गाजामा भोकमरी नभएको दावी गर्दै इजरायलको परराष्ट्र मन्त्रालयले विगत दुई वर्षमा १ लाख भन्दा बढी खाद्यान्न ट्रक गाजा पठाइएको र खाद्यान्नको मुल्य पनि घटेको जनाएको छ । (बीबीसीमा आधारित)

प्रकाशित: ६ भाद्र २०८२ १६:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App