पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। यसबिच सैन्य प्रवक्ता अहमद शरीफले यो कुरा सरकार र संसद्मा निर्भर रहने स्पष्ट पारेका छन्। शान्ति सम्झौता अन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारे चर्चा भइरहेको बेला उनको यस्तो बयान आएको हो।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति योजनाले गाजामा स्थिरता र शान्तिका लागि सुरक्षा बल दिन अरब देश र सहयोगीलाई अपिल गरिएको छ। यी देशले जोर्डन र इजिप्टसँग परामर्श गरेर गाजामा प्यालेस्टिनी प्रहरीलाई तालिम र सहयोग गर्नेछन्।
सोमबार सैन्य प्रवक्ताले भने, ‘प्रस्तावित गाजा शान्ति सेनामा पाकिस्तानी सेना तैनाथ गर्ने सम्बन्धी कुनै पनि निर्णय सरकार र संसद्ले गर्नेछ।’ प्रस्तावित मिसनमा हमासलाई निःशस्त्रीकरण र सुरक्षा कार्य पनि हुन सक्छ।
विपक्षीहरूले सरकारले पूर्ण संसदीय बहस नगरेको र संयुक्त राष्ट्र संघको निरीक्षण बिनाको सहभागितालाई लिएर विरोध गरिरहेका छन्। एजेन्सी
प्रकाशित: १८ कार्तिक २०८२ ११:४० मंगलबार





