२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरिया : सोधपुछमा अटेरी गर्ने पूर्वराष्ट्रपतिविरुद्ध नयाँ पक्राउ पुर्जी

फाइल तस्बिर

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले सुनुवाइका लागि पटकपटक उपस्थित हुन नमानेपछि अभियोजकले सोधपुछका लागि बुधबार नयाँ पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका छन्।  

गत डिसेम्बर ३ मा युनले दक्षिण कोरियामा नागरिक शासनको अन्त्य गर्ने र सैनिक शासन लागू गर्ने प्रयास गरेका थिए। मार्सल कानुन जारी गरेको घोषणा गर्दै उनले संसद्लाई सेना लगाएर नियन्त्रण गर्ने प्रयास गरेका थिए।  

हप्तौंसम्म गिरफ्तारीको विरोध गरेपछि जनवरीमा हिरासतमा लिइएका उनी दक्षिण कोरियाली इतिहासमा पक्राउ पर्ने पहिलो बहालवाला राष्ट्रपति बनेका थिए।  

उनले मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने भन्दै राष्ट्रपति पदबाट निलम्बन गरिएको थियो।  

उनलाई मार्चमा विद्रोहको मुद्दा चलिरहेको समय प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर जुलाईको सुरुमा फेरि हिरासतमा लिई सोधपुछ गरिएको थियो।  

संसदीय चुनावमा धाँधली भएको आरोपको अनुसन्धान गरिरहेका अभियोजकले युनलाई सोधपुछका लागि पटकपटक बोलाए पनि उनले उपस्थित हुन अस्वीकार गरेका थिए।

‘विशेष अभियोजकको कार्यालयले पूर्वराष्ट्रपति युनलाई बिहान १० बजे उपस्थित हुन दोस्रो आदेश जारी गरेको थियो,’ अभियोजक ओह जियोङ हीले बुधबार पत्रकारसँग भने।  

उनले उपस्थित हुन दोस्रो पटकको आदेश पनि उल्लंघन गरी अदालतमा उपस्थित हुन अस्वीकार गरेका थिए। उनले कुनै स्पष्टीकरण पनि दिएनन्।  

फलस्वरूप, विशेष अदालतले उनविरुद्ध औपचारिक रूपमा बुधबार दिउँसो सोधपुछका लागि हिरासतमा लिन पक्राउ पुर्जी जारी गरेको हो।  

युनलाई यसअघि नै हिरासतमा राखिएको भए पनि पक्राउ पुर्जी जारी भएपछि अभियोजकलाई उनलाई जबरजस्ती सोधपुछ गर्न अनुमति दिनेछ।  
युन र उनकी पत्नी पूर्वप्रथम महिला किम किन हीका लागि पनि कानुनी समस्या बढ्दै गएको छ।  

अभियोजकले युनिफिकेसन चर्चका एक वरिष्ठ अधिकारी जियोन सियोङ–बाएले हिराको हार र महँगो ह्यान्डब्याग प्राप्त गरी किमलाई दिएको आरोपको पनि अनुसन्धान गरिरहेका छन्। एएफपी

प्रकाशित: १४ श्रावण २०८२ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App