पाकिस्तानी सेना प्रमुख फिल्ड मार्सल आसिम मुनीरको ‘परमाणु’ धम्कीपछि अब पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पनि भारतलाई धम्की दिएका छन्।
मंगलबार इस्लामाबादमा एक कार्यक्रममा बोल्दै उनले भने, ‘म शत्रु (भारत) लाई भन्न चाहन्छु कि यदि तिमीले हाम्रो पानी आपूर्ति बन्द गर्ने धम्की दियौ भने, यो कुरा मनमा राख कि तिमीले पाकिस्तानबाट एक थोपा पानी पनि खोस्न सक्दैनौ।’
शाहबाज शरीफले भने, ‘म कसम खान्छु कि यदि तिमीले यो कार्य फेरि दोहोर्यायौँ भने, म तिमीलाई यस्तो पाठ सिकाउनेछु कि तिमीले आफ्नो कान समात्नेछौँ।’
गत अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले सिन्धु जल सन्धि निलम्बन गरेको छ। यो सन्धि अन्तर्गत पाकिस्तानले पानी पाउँथ्यो।
पहलगाममा भएको आक्रमणअघि र पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रगत र पानी एकसाथ बग्न सक्दैनन् भनेका थिए। शरीफको धम्कीबारे भारतबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहलगामपछि दुई देशबिच पाँच दिने सैन्य संघर्ष हुँदा दुवैतिर ठूलो जनधनको क्षति भएको थियो। अमेरिकाको पहलमा युद्ध रोकिएको दाबी गरिए पनि भारतले अस्वीकार गर्दै आएको छ।
प्रकाशित: २८ श्रावण २०८२ १०:०९ बुधबार





