२५ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानीस्तानमा घरको छत खस्दा सात जनाको मृत्यु

पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर एउटै परिवारका सात जनाको मृत्यु भएको छ।

सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मगंलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितहरुको घटनास्थलमै मृत्यु भएको हो।  

यस अघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए।

पछिल्लो समयमा विपद जन्य घटनाका कारण अफगानिस्तानमा मृतकको सङ्ख्या बढेको जनाइएको छ। यसै गरी विगत १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन्।

अफगानिस्तानको दुर्गम र ग्रामीण क्षेत्रहरूमा आवासीय घरहरू मुख्यतया माटोबाट निर्माण गरिएका छन् भने, यीनीहरु गम्भीर मौसमी प्रकोपको समयमा अत्यधिक जोखिममा रहेका छन्। सिन्ह्वा

प्रकाशित: २५ चैत्र २०८२ १४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App