बिहारको नयाँ मुख्यमन्त्रीमा सम्राट चौधरी छानिएका छन्। भाजपा विधान दलको बैठकले उनलाई मुख्यमन्त्रीमा अगाडि सारेको हो।
मुख्यमन्त्री नितिश कुमारले राजिनामा दिएसँगै बिहारमा सत्ता परिवर्तन हुन लागेको हो। यससँगै राजनीतिक समीकरणहरू पनि परिवर्तन हुने देखिएको छ।
आगामी चुनावलाई ध्यानमा राख्दै भाजपाले चौधरीलाई मुख्यमन्त्रीमा विस्वास गरेको बताइएको छ।
सम्राट चौधरी लामो समयदेखि भाजपा संगठनसँग सम्बन्धित छन्। उनी पहिले भाजपा र त्यसपछि एनडीए व्यवस्थापिका दलका नेता चुनिएका थिए। उनले प्रदेश अध्यक्षसहित सरकारमा मन्त्री र उपमुख्यमन्त्रीको अनुभव पनि लिगिसकेका छन्।
बुधबार सम्राट राजभवनमा उनको शपथ ग्रहणको तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। नयाँ मन्त्रिपरिषद्को बारेमा पनि परामर्श भइरहेको बताइएको छ। एजेन्सी
प्रकाशित: १ वैशाख २०८३ १८:३६ मंगलबार





