भारतको संसद्मा बुधबार लोकसभाको शून्य समयमा गोरखपुरबाट भारतीय जनता पार्टी (भाजपा) सांसद रवि किशनले समोसाको आकार र मूल्यको विषय उठाएपछि सामाजिक सञ्जालमा रमाइला प्रतिकृया आएका छन्।
सांसद किशनले भने, ‘केही ठाउँमा समोसा सस्तो र ठूलो पाइन्छ भने अन्य ठाउँमा सानो र महँगो पाइन्छ।’ उनले खाद्य वस्तुहरूको मूल्य नियन्त्रण गर्न कानुन बनाउन माग गर्दै यो कुरा उठाएका थिए।
तर सांसदको यो विषय उठाएपछि सामाजिक सञ्जालमा ट्रोल बन्नु परेको छ। एक जनाले भनेका छन्, ‘अब अचारको कुरा पनि गरौँ।’ अर्काले भने, ‘अब पार्ले जी बिस्कुटको साइजको बारेमा पनि छलफल हुनुपर्छ।’ यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
यस विषयमा रवि किशनले मेनुमा तेल र परिमाणको उल्लेख गर्नुपर्ने बताएका छन्। उनले भने, ‘ग्राहकलाई थाहा हुनुपर्छ कि उनीहरूले के खाइरहेका छन् र यसको लागि कति तिर्नुपर्छ।’ एजेन्सी
प्रकाशित: १५ श्रावण २०८२ २३:०६ बिहीबार





