१२ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वर्षा र बाढीको कहर अमेरिकामा पनि: न्युयोर्क र न्युजर्सीमा आपत्काल घोषणा

अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा शक्तिशाली आँधीसँगै परेको अविरल वर्षाका कारण तटीय क्षेत्रहरू जलमग्न भएका छन्। तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति तथा यातायात सेवा प्रभावित भएको छ।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार शनिबार न्युयोर्क सहर, बोस्टनलगायतका क्षेत्रमा तीव्र हावाहुरीसँगै भारी वर्षा भएको हो। आँधी र बाढीको जोखिम बढेपछि न्युयोर्क र न्युजर्सीमा आपत्कालीन अवस्था घोषणा गरिएको छ।

बीबीसीका अनुसार दुवै राज्यका कतिपय तटीय क्षेत्रमा बाढी जारी छ। न्युजर्सीको सर्फ सिटीमा सडक जलमग्न भएपछि स्थानीय बासिन्दा बाढीको पानीबाटै आवतजावत गरिरहेका दृश्य सार्वजनिक भएका छन्।

मौसम सेवाले भर्जिनियादेखि मेनसम्मका क्षेत्रमा थप वर्षा र शक्तिशाली आँधीको सम्भावना औँल्याएको छ। लगातारको वर्षा र तीव्र हावाका कारण तटीय क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ।

प्रकाशित: ११ आश्विन २०८३ १८:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App