भारतको १५ औँ उपराष्ट्रपतिको रूपमा सीपी राधाकृष्णनले शुक्रबार शपथ लिएका छन्। राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा ६७ वर्षीय राधाकृष्णनलाई पद र गोपनीयताको शपथ गराएकी हुन्।
पूर्वउपराष्ट्रपति जगदीप धनखड पनि राधाकृष्णनको शपथ समारोहमा उपस्थित थिए। पद छोडेपछि धनखड पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।
मंगलबार भएको उपराष्ट्रपति चुनावमा राधाकृष्णनले चार सय ५२ मत पाएर विजयी हुँदा विपक्षी उम्मेदवार बी सुदर्शन रेड्डीले तीन सय मत प्राप्त गरेका थिए।
प्रकाशित: २७ भाद्र २०८२ ११:५६ शुक्रबार


-600x400.jpg)


