पाकिस्तानको सर्वोच्च अदालतमा मंगलबार विस्फोट भएको छ, जसमा कम्तीमा १२ जना घाइते भएका छन्। इस्लामाबाद प्रहरीका प्रमुख अली नासिर रिजवीका अनुसार विस्फोटको कारण ग्यास चुहावट हो।
उनले भने, ‘बिहान १०ः५५ बजे सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा ग्यास विस्फोट भयो। यस घटनामा १२ जना घाइते भएका छन्।’रिजवीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।
इस्लामाबादका प्रहरी प्रमुखले बताएका छन् कि तीन दिनदेखि सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिन र चियापसलबाट ग्यास चुहावटको गुनासो आइरहेको थियो।
रिजवीका अनुसार विस्फोटको समयमा क्यान्टिनमा एसी प्राविधिकहरू मर्मतकार्यमा व्यस्त थिए र उनीहरू नै सबैभन्दा बढी घाइते भएका छन्। एजेन्सी
प्रकाशित: १९ कार्तिक २०८२ ०७:०३ बुधबार





