९ असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारी वर्षापछि चीनमा नौ हजार भन्दा बढी विस्थापित, विद्यालयहरू बन्द

दक्षिण पश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भारी वर्षा भएको छ। जसका कारण प्रान्तका नौ हजार १०० भन्दा बढी बासिन्दाहरूलाई  सुरक्षित स्थानमा स्थानान्तरण गरिएको अधिकारीहरूले मंगलबार बताएका छन्।

प्रभावित क्षेत्रहरू मध्ये कियानानको बौई–मियाओ स्वायत्त प्रान्तको डुयुन सहरले मंगलबार बिहान आपत्कालीन अवस्था घोषणा गरी विद्यालयहरू बन्द गर्न आदेश दिएको जनाइएको छ।

अहिलेसम्म बाढीका कारण कुनै हताहत भएको खबर नआएको जनाइएको छ।

वर्षाले प्रान्तका केही भागहरूमा बिजुली आपूर्तिमा पनि बाधा पुगेको छ। बिजुली आपूर्ति पुनः स्थापन गर्न एक हजार भन्दा बढी पावर ग्रिड मर्मत कर्मीहरू परिचालन गरिएको जनाइएको छ।

प्रान्तीय मौसम विज्ञान विभागका अनुसार सोमबार  देखि मंगलबार  सम्म प्रान्तका २०  वटा भन्दा बढी स्थानमा काउन्टी–स्तरका क्षेत्रहरूमा भारी वर्षा भएको छ। जसमध्ये चार वटा स्थानमा यस समय अवधिमा २०० मिमी भन्दा बढी वर्षा रेकर्ड गरेको जनाइएको छ।सिन्ह्वा

प्रकाशित: ९ असार २०८३ १५:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App