५ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिमा ट्रम्पविरुद्ध आक्रोश : ‘बदला लिनुपर्छ’ भन्दै गर्जिए इरानी

इरानका शीर्ष सरकारी अधिकारीहरू आइतबार दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सार्वजनिक रूपमा देखा परेका छन्।

लामो समयदेखि सुरक्षाका कारण लुकेर बसेका उनीहरूको यो उपस्थिति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याका लागि बढ्दो आह्वानका बीच देखिएको हो। गत फेब्रुअरी २८ मा भएको हवाई आक्रमणमा ८६ वर्षीय खामेनी र उनका परिवारका सदस्यहरूको मृत्यु भएको थियो। उक्त घटनापछि तेहरानमा आयोजित यस अन्त्येष्टिमा लाखौँ मानिस सहभागी भए।

मोज्तबा खामेनी अझै अज्ञात
आक्रमणमा घाइते भएका भनिएका नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्तबा खामेनी भने यस कार्यक्रममा पनि देखा परेनन्। उनी अहिले संयुक्त राज्य अमेरिकासँग युद्धको अन्त्य र हर्मुज जलमार्गमा अवरोध पुर्‍याउने लगायतका विषयमा वार्ताको नेतृत्व गरिरहेका छन्। अन्त्येष्टिमा सहभागी ४२ वर्षीया नर्स जिबा नादेरीले भनिन्, ‘मैले बदलाको आह्वान सुनेको थिएँ, तर हाम्रो नेताले हामीले के गर्नुपर्छ भनेर भन्नुपर्छ र हामीले उनको कुरा सुन्नै पर्छ।’

ट्रम्पविरुद्ध कडा नारा
तेहरानको ग्रान्ड मोसल्लामा आयोजित प्रार्थना सभामा क्रान्तिकारी गार्डका प्रमुख जनरल अहमद वाहिदी, राष्ट्रपति मसुद पेजेस्कियान लगायतका शीर्ष नेताहरू सहभागी थिए। सो क्रममा ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरुद्ध कडा नारा लगाइएका थिए।

कार्यक्रम सञ्चालक कवि मोहम्मद रसौलीले ट्रम्पलाई लक्षित गर्दै भने, ‘संसारको सबैभन्दा हरामी मानिस अझै किन जीवित छ?’ उनको यो प्रश्नमा भीडबाट चर्को ताली बजेको थियो। अन्त्येष्टिमा उपस्थित २९ वर्षीय घोलामरेजा साबुनीले आक्रोश पोख्दै भने, ‘तिनीहरूले हाम्रा इमामलाई मारे, हामीले पनि तिनीहरूका नेता ट्रम्पलाई मार्नुपर्छ।’

वार्तामा अन्योल
यता, अमेरिकी राष्ट्रपति ट्रम्पले वाशिगंटनमा आफ्नो सम्बोधनका क्रममा इरानको सेनालाई ‘मेटाइदिएको’ दाबी गरे। युद्धको अन्त्यका लागि भइरहेको वार्ता अहिले अन्त्येष्टिको कारण स्थगित भएको छ। इजरायलको सम्भावित आक्रमणको त्रास र हर्मुज जलमार्गमाथिको नियन्त्रणको विषयले इरानको कूटनीतिक माहोल थप तनावपूर्ण बनेको छ।

खामेनीको शवलाई इरान र इराकका विभिन्न सहर हुँदै बिहीबार उनको जन्मस्थल मशहदमा गाडिने कार्यक्रम छ। एजेन्सी 

प्रकाशित: २१ असार २०८३ २०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App