९ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-इरान युद्धविराम वार्ताले घट्यो तेलको मूल्य

फाइल तस्बिर

अमेरिका र इरानबिच युद्धविरामको सम्भावनाबारे वार्ता भइरहेका बेला शुक्रबार तेलको मूल्य घटेको छ।

साउदी अरेबियामाथि हुथी विद्रोहीहरूको आक्रमण बढेपछि मध्यपूर्वको प्रमुख तेल उत्पादक देशबाट आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ताका बिच बजारले युद्धविरामको सम्भावनालाई समेत मूल्यांकन गरेको बताइएको छ।

ब्रेन्ट क्रुडको मूल्य १.४७ डलर अर्थात् १.४ प्रतिशतले घटेर प्रति ब्यारेल १०५.११ डलरमा पुगेको छ। यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य २ डलर अर्थात् २.१ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.६१ डलरमा पुगेको थियो।

अस्थिर कारोबार भएको एक सातापछि शुक्रबार तेलको मूल्य थप घटेर बजार खुलेको हो। न्यूयोर्कमा रहेका अमेरिकी र इरानी वार्ताकारहरूले द्वन्द्वबाट चरणबद्ध रूपमा बाहिर निस्कने बाटो खोजिरहेका छन्।

छलफलमा संलग्न स्रोतहरूका अनुसार त्यसका लागि तेहरानले होर्मुजको जलमार्ग पुनः खोल्ने र वासिङ्टनले इरानमाथिको आर्थिक नाकाबन्दी हटाउने विषयमा छलफल भइरहेको छ।

यो पनि पढ्नुहोस्

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव

बिहीबार इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध कहिले समाप्त हुन्छ भन्ने निर्णय अमेरिकाले गर्ने बताएका थिए।

प्रकाशित: ९ आश्विन २०८३ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App