१० असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

होर्मुज बन्द हुँदा एक हजार बढी मालवाहक जहाज अलपत्र

स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २०० भन्दा बढी मालवाहक जहाजहरू फसेका छन्। ती जहाजमा १२५ अर्ब अमेरिकी डलर बराबको सामानसहित फसेको बेलायती फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ।

बीमा कम्पनी एलियान्जका समुद्री प्रमुख जस्टस हेनरिकले बेलायती दैनिक फाइनान्सियल टाइम्सलाई महत्वपुर्ण जलमार्गको बन्दले बिमा कम्पनीहरूका लागि जाँच केन्द्रहरूमा जोखिम वहनको ढाँचा परिवर्तन गरेको समेत जनाइएको छ।

संयुक्त राज्य अमेरिका र इरानबीच सम्झौता घोषणा भएर स्ट्रेट अफ होर्मुज खोल्ने निर्णय पछि ढुवानी यातायात बिस्तारै सहज भएको जनाइएको छ।

आधिकारिक तथ्याङ्कले यस अघिको हप्तामा ६९ वटा जहाजहरू खाडीबाट बाहिर निस्किएको देखाएको छ। जुन एक हप्ता अघि मात्र २४ वटा थिए भने फेब्रुअरीमा द्वन्द्व भड्किए पछिको सबै भन्दा बढी साप्ताहिक ढुवानीको मात्रा यहि भएको जनाइएको छ। 

द्वन्द्वका कारण गम्भीर हताहतका कारण मानविय क्षती र आर्थिक नोक्सान हुनुका साथै लामो समय सम्म समुन्द्र क्षेत्रमा रहनु परेकाले चालक दलका सदस्यहरुमा सङ्कट ल्याएको जनाइएको छ।

अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठनका अनुसार द्वन्द्वका कारण १४ जना डुङ्गा चालकहरुको मृत्यु भएको छ भने ४० वटा भन्दा बढी जहाजहरूमा क्षेप्यास्त्र आक्रमण भएको छ।सिन्ह्वा

प्रकाशित: १० असार २०८३ १३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App