१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेपर लिकसम्बन्धी मोदीको इन्स्टाग्राम रीलले बनायो रेकर्ड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिकविरुद्ध सन्देशसहित सार्वजनिक गरेको इन्स्टाग्राम रीलले सामाजिक सञ्जालमा अभूतपूर्व लोकप्रियतामा रेकर्ड बनाएको छ। उक्त रीलले ३९२ मिलियन भ्यू प्राप्त गर्दै नयाँ विश्व रेकर्ड कायम गरेको छ।

शुक्रबार राति २४ घण्टाभित्र दोस्रो पटक इन्स्टाग्राम रील पोस्ट गरेका मोदीको भिडियोले विद्यार्थी, युवा तथा सर्वसाधारणबाट व्यापक प्रतिक्रिया पाएको थियो।

रील भाइरल भएपछि प्रधानमन्त्री मोदीको इन्स्टाग्राम खातामा रातारात करिब १० लाख भन्दा बढी नयाँ फलोअर्स थपिएको थियो।

उक्त रीलले यसअघि युट्युबर तथा स्ट्रिमर आईशोस्पिडले फिफा विश्वकपका क्रममा बीटीएससँगको भेटसम्बन्धी रीलमार्फत बनाएको करिब ३० करोड भ्यूको रेकर्डलाई समेत उछिनेको छ।

मोदीको उक्त रीलले हालसम्म २० मिलियन भन्दा बढी लाइक र करिब १.९ मिलियन कमेन्ट प्राप्त गरेको छ।

रीलप्रति दर्शकले देखाएको उत्साहप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री मोदीले अर्को भिडियो बनाएर भनेका थिए, ‘धन्यवाद साथीहरू। हिजो राति तपाईंहरूसँग जोडिने अवसर पाएँ। भिडियोप्रति देखाउनुभएको माया, प्रतिक्रिया र सकारात्मक सुझावका लागि हार्दिक धन्यवाद। तपाईंहरूको स्नेहले मलाई निरन्तर प्रेरणा दिइरहनेछ र हाम्रो सम्बन्ध अझ प्रगाढ हुँदै जानेछ।’

उक्त रील पनि २६९ मिलियन पुगेको छ। यसपछि हालेका विद्यार्थी आन्दोलनसँग सम्बन्धी अर्को तेस्रो रिल पनि १४७ मिलियन पुगेको छ।

परीक्षा प्रणालीमा सुधारको माग गर्दै देशभर विद्यार्थी आन्दोलन भइरहेका बेला प्रधानमन्त्री मोदीले युवासँग प्रत्यक्ष संवाद र विश्वास कायम गर्ने प्रयासस्वरूप उक्त भिडियो सार्वजनिक गरेका थिए।

प्रकाशित: ११ श्रावण २०८३ १६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App