२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव : इरानमा १८० विद्यार्थी मारिएको घटनामा छानबिनको माग

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले इरानको एक छात्रा विद्यालयमा भएको आक्रमणको अनुसन्धान गर्न आह्वान गरेको छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख भोल्कर टर्कले तुरुन्त, निष्पक्ष र पूर्ण अनुसन्धानका लागि आह्वान गरेका हुन्। जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रविना शामदासानीले आक्रमण गर्ने पक्षको सत्यतथ्यको अनुसन्धान गर्ने र उजागर गर्ने जिम्मेवारी रहेको बताइन्।

उनले घटनालाई धेरै भयानक बताइन्। उनले भनिन्, 'सामाजिक सञ्जालमा आएका तस्बिरहरूले यस द्वन्द्वको विनाश र पीडालाई देखाउँछन्।'

दक्षिणी इरानमा अवस्थित उक्त विद्यालयमा शनिबार आक्रमण भएको थियो, जुन दिन अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी सेनाले कहिल्यै पनि जानाजानी विद्यालयहरूलाई लक्षित नगर्ने बताए। इजरायलले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अली बहरेनीले आक्रमणलाई गलत र 'आपराधिक' भने, जसमा १८० जना छात्राको मृत्यु भएको बताए।

हवाई आक्रमणमा मारिएका छात्राहरूका लागि मंगलबार सार्वजनिक अन्त्येष्टि गरिएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ १०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App