१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लेबनानी राष्ट्रपतिद्वारा सेनालाई हरेक इजरायली आक्रमणको कडा जवाफ दिन आदेश

लेबनानको दक्षिणी ब्लिडा गाउँमा इजरायली सेनाको घुसपैठ र आक्रमणपछि राष्ट्रपति जोसेफ आउनले सेनालाई प्रतिकार गर्न बिहीबार निर्देशन दिएका छन्।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा सशस्त्र बल कमान्डर रोडोल्फ हायकलसँग भेटमा यो कुरा बताइएको छ।

राष्ट्रपतिले घटनालाई इजरायली आक्रमणको भाग भन्दै निन्दा गरेका छन्। युद्धविराम अनुगमन समितिको बैठकपछि यो आदेश आएको हो।

उनले समितिलाई नोभेम्बर २०२४ को युद्धविराम सर्त पालना गर्न तर उल्लङ्घन दस्तावेजीकरणमात्र नगरी लेबनानी सार्वभौमिकता जोगाउन इजरायलमाथि दबाब दिन ठोस कदम चाल्न आग्रह गरेका छन्।

बुधबार बिहान १ः३० बजे इजरायली सेना सीमाभन्दा एक किलोमिटरभन्दा बढी छिरेर ब्लिडा नगरपालिका भवनमा आक्रमण गरेको लेबनानले जनाएको छ।

राष्ट्रिय समाचार संस्थाका अनुसार सुरक्षा गरिरहेका कर्मचारी इब्राहिम सलामेहलाई इजरायली सैनिकले गोली हानी मारेका छन्। 

इजरायली सेनाले ब्लिडामा रातभर कारबाही गरेको पुष्टि गर्दै हिजबुल्लाह पूर्वाधार नष्ट गर्ने क्रममा ‘तत्काल खतरा’ देखेर गोली चलाएको बताएको छ। घटना समीक्षा भइरहेको छ।

स्थानीयका अनुसार भवनबाट बिहान ४ः०० बजेसम्म मद्दतका लागि चिच्याहट आएको थियो। इजरायली सेना राति नै सीमातर्फ फर्किएको थियो।

सन् २०२४ नोभेम्बर २७ देखि अमेरिका र फ्रान्स मध्यस्थतामा हिजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएको थियो। यसले गाजा युद्धबीचको झडप धेरै रोकेको थियो।

युद्धविरामपछि पनि इजरायली सेनाले लेबनानमा कहिलेकाहीँ आक्रमण गर्दै आएको छ। हिजबुल्लाहलाई ‘खतरा’ भन्दै सीमाका पाँच मुख्य स्थानमा सेना तैनाथ गरेको छ। एजेन्सी

प्रकाशित: १४ कार्तिक २०८२ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App