१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आगामी जुनदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दै कुवेत

आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ। 

नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार र परिचालन सुविधामा मर्मत–सम्भार र विकास कार्य सम्पन्न भए पछि उडानहरू सुरु गर्ने निर्णय गरिएको बताएका छन्। 

सुरक्षित र सहज हवाई यातायात प्रवाह र यात्रु आवागमन सुनिश्चित गर्न परिचालन तयारी भई रहेको उल्लेख गर्दै उनले प्राविधिक मूल्याङ्कनको आधारमा एयरपोर्ट तथा उडानहरू पुनः खोलिने बताएका हुन्। उनले एयरपोर्ट तथा उडानहरूको पूर्ण सञ्चालनका लागि प्रत्येक चरणको मूल्याङ्कन जारी रहेको समेत बताए।  

अल सबाहले टर्मिनल –१ मा हाल सुविधालाई स्थर उन्नती गर्ने र उच्च सुरक्षा मापदण्ड अनुरूप यात्रुहरूको प्रवाह बढाउने उदेश्यले मर्मत तथा विकासका काम भई रहेको बताए।

प्रकाशित: ८ जेष्ठ २०८३ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App