२२ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जापानी नेताले भनेः अमेरिकासँगको सैन्य सम्बन्धमा पुनर्विचार गर्नुपर्छ

जापान कम्युनिष्ट पार्टीका वरिष्ठ नेता काजुओ शिएईले अमेरिकासँगको सैन्य सम्बन्धमा पुनर्विचार गर्न आह्वान गरेका छन्।  

उनले जापानले आफ्नो हवाई क्षेत्रमा अमेरिकी सैन्य विमानहरूलाई अनुमति दिने नीतिमा पुनर्विचार गर्न आवश्यक रहेको बताए।

इरान युद्धमा संलग्न अमेरिकी विमानहरूलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्नबाट रोक्ने अस्ट्रियाको निर्णयपछि उनले यस्तो बयान दिएका हुन्।

सीले भने, ‘अमेरिकी विमानहरू जापानमाथि स्वतन्त्र रूपमा उड्छन्, देशको कानूनलाई बेवास्ता गर्दै धेरै कम उचाइमा उड्छन्।’

जापान अमेरिकाको एक प्रमुख सहयोगी मानिन्छ। दोस्रो विश्वयुद्धपछिको रक्षा सम्झौता अन्तर्गत लगभग ५० हजारअमेरिकी सेना त्यहाँ तैनाथ छन्।

प्रकाशित: २२ चैत्र २०८२ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App