अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा इजरायली कब्जाको सम्भावित योजनालाई समर्थन गर्ने संकेत दिएका छन्। मंगलबार पत्रकारहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्पूर्ण गाजा कब्जा गर्ने निर्णय गरिसकेको भन्ने रिपोर्टबारे सोध्दा ट्रम्पले आफू गाजामा ‘मानिसहरूलाई खुवाउने’ विषयमा केन्द्रित रहेको बताए।
‘जहाँसम्म बाँकी कुरा छ, त्यो इजरायलकै हातमा छ। म केही भन्न सक्दिनँ,’ ट्रम्पले पत्रकारहरूसँग भने। अमेरिकाले इजरायललाई वार्षिक रूपमा अर्बौँ डलरको सैन्य सहायता उपलब्ध गराउँदै आएको छ। अक्टोबर २०२३ मा गाजामा युद्ध सुरु भएपछि यो सहायता झनै बढेको हो।
संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी मिआरोस्लाभ जेन्साले मंगलबार चेतावनी दिँदै गाजाको पूर्ण कब्जा ‘विनाशकारी परिणाम’ निम्त्याउने बताए। ‘अन्तर्राष्ट्रिय कानूनले यो कुरा स्पष्ट रूपमा भनिसकेको छ, गाजा भविष्यको स्वतन्त्र प्यालेस्टाइन राज्यको अभिन्न हिस्सा हो र रहनुपर्छ,’ उनले सुरक्षा परिषद्लाई भने।
प्रकाशित: २१ श्रावण २०८२ ०६:४८ बुधबार





