इजरायली रक्षामन्त्री इजरायल काट्जले युद्धविरामको बावजुत इजरायली सेनाले लेबनानमा हेजबुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्ने बताएका छन्। इजरायली क्षेत्रमा कुनै आक्रमण गरेमा बेरुतमा आक्रमण गर्ने चेतावनी दिएको टाइम्स अफ इजरायलले जनाएको छ।
टाइम्स अफ इजरायलका अनुसार काट्जले पछिल्लो क्षेत्रीय तनाव बीच जारी इरानी चेतावनीलाई पनि अस्वीकार गरेका छन्।
इजरायलले इरानको धम्कीलाई अस्वीकार गरेको जनाँउदै इजरायलमाथि आक्रमण गर्ने प्रयास गरेमा कडा प्रतिक्रीयाको सामना गर्नुपर्ने काट्जले बताए।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले इरानमा आफ्नो आक्रमण रोकेको बताए।
इजरायल र इरानले एक अर्कामाथि आक्रमण गरेपछि सार्वजनिक टिप्पणी गर्दै नेतान्याहूले तेहरानले इजरायली क्षेत्रमा आक्रमणहरू बन्द गरेपछि लडाइँ रोकिएको बताए।
तस्निम समाचार एजेन्सीका अनुसार इरानी सेनाले लेबनानको समर्थन र इजरायली सैन्य कारबाहीको जवाफमा आक्रमण गरेको बताएको छ। इरानी सशस्त्र बलले लेबनानका जनताको समर्थनमा इजरायललाई प्रतिक्रिया दिएको इरानी सेनाले विज्ञप्ति जारी गर्दै जनाएको छ।
यद्यपि तेहरानले इजरायलले आफ्नो कारबाही जारी राख्यो भने सैन्य कारबाही पुनः सुरु गर्ने तयारी भएको जनाएको छ।
विज्ञप्तिमा लेबनानमा इजरायली सेना हेजबुल्लाहका स्थानहरू विरुद्ध सक्रिय रहेको उल्लेख गर्दै यदि आक्रमण जारी रहेमा पहिले भन्दा कडा र दमनकारी उपायहरू अगाडि आउने बताइएको छ।
इरानी राष्ट्रपति मसूद पेजेस्कियनले तेहरान आफ्नो राष्ट्रिय हितको रक्षा गर्न र कूटनीतिक संलग्नता दुवैमा प्रतिबद्ध रहेको जोड दिँदै खतराको सामना गर्न पछि नहट्ने र वार्ताको लागि ढोका खुला राख्ने बताए।
सामाजिक सञ्जाल एक्समा इरानी राष्ट्रपतिले सैन्य तयारी र कूटनीति राष्ट्रिय शक्तिको पूरक स्तम्भ भएको कुरामा जोड दिँदै तेहरानले गरेको सुझावलाई अस्वीकार गरे।
उनले कूटनीति र रक्षा राष्ट्रिय शक्तिका दुई अङ्ग भएको उल्लेख गर्दै मैदान र वार्ताको दुवैलाई आत्मसाथ गरेको बताए।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेल अवीवले तेहरानमा आक्रमण गरेपछि दुई पक्ष बीच तीव्र आक्रमण र प्रतिआक्रमण सहितको शत्रुता बढेपछि इरान र इजरायलमा ‘तत्काल युद्धविराम’ लागू गर्न खोजिरेहेको बताइएको छ।
द्वन्द्वको पूर्ण समाधानका लागि शान्ति सम्झौतामा अन्तिम चरणको वार्ता भइरहेको ट्रम्पले बताए। उनले सम्झौता दुर्त गतिमा अघि बढिरहेको उल्लेख गर्दै सम्झौता नभए सम्म इरान माथि वासिङ्टनको अवरोध जारी रहने उल्लेख गरेका छन्।एएनआई
प्रकाशित: २६ जेष्ठ २०८३ ११:४५ मंगलबार





