१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले पुनः बन्द गर्‍यो ‘होर्मुज स्ट्रेट’

इरानले होर्मुज स्ट्रेट पुनः बन्द गरिदिएको छ।

इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहेको र अमेरिकाले वार्ताका सर्तहरू उल्लंघन गरेको आरोप लगाउँदै इरानले शुक्रबार मात्रै खोलिएको सो समुद्री मार्गमा पुनः सैन्य नियन्त्रण कायम गरेको हो।

इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स’ (आईआरजीसी) ले एक विज्ञप्ति जारी गर्दै होर्मुज स्ट्रेट अब पूर्ण रूपमा इरानी सेनाको नियन्त्रणमा रहने र जहाजहरूको आवतजावत ठप्प पारिने जनाएको छ।

इरानी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकाले ‘समुद्री डकैती’ गरेको र पूर्वसहमति विपरीत आफ्ना जहाजहरूलाई रोकेका कारण यो कदम चालिएको बताएको छ।

यसअघि केही समयका लागि सो जलमार्ग खुला गरिए पनि अमेरिकाले नाकाबन्दी नहटाएपछि इरान आक्रोशित बनेको हो।

इरानका अनुसार अमेरिकाले उसका बन्दरगाहमा लगाएको प्रतिबन्ध नहटाएसम्म होर्मुज स्ट्रेटबाट कुनै पनि जहाजलाई जान दिइने छैन।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी तत्काल नहट्ने अडान दोहोर्‍याएका छन्।

ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म नाकाबन्दी जारी रहने बताउँदै इरानसँग भएको ‘इनरिच्ड युरेनियम’ अमेरिकाले जुनसुकै हालतमा लिएरै छाड्ने चेतावनी दिएका छन्।

‘हामी इरानबाट युरेनियम लिएरै छाड्नेछौं, यदि वार्ताबाट सहमति भएन भने हामी अझै कडा कदम चाल्न बाध्य हुनेछौँ,’ ट्रम्पले भनेका छन्।

प्रकाशित: ५ वैशाख २०८३ १५:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App