१५ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता

इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई हाल स्वदेश फर्काएका छन्।  विश्वव्यापी समुन्द्री नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू स्वदेश फर्काएको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताएका छन्।

स्वयंसेवकहरू टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको सुगियोनोले जनाएका छन्।

सुगियोनोका अनुसार इन्डोनेसियालीहरूको रिहाइ र स्वदेश फिर्ता प्रक्रिया इन्डोनेसियाली सरकारले गरेको गहन तथा कूटनीतिक प्रयास र घनिष्ठ समन्वयको माध्यमबाट सुरक्षित रुपमा सम्भव भएको थियो। उनले पुनरागमन प्रक्रियालाई सहज बनाउन सक्रिय भूमिका र समर्थनका लागि टर्की सरकारको प्रशंसासमेत गरेका छन्। 

यसैबीच स्वयंसेवकहरूले उनीहरूको नजरबन्दको समयमा अनुभव गरेको अमानवीय व्यवहारहरुको वर्णन गरे पछि सुगियोनोले इन्डोनेसियाको निन्दा गरेका छन्।   

यस्तो व्यवहारले अन्तर्राष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन भएको बताउदै इन्डोनेसियाली सरकारले सबै इन्डोनेसियाली नागरिकहरूको सुरक्षित फिर्तीको निगरानी र सुनिश्चित गर्न आवाश्यक प्रक्रिया जारी राखेको छ। 

प्रकाशित: ८ जेष्ठ २०८३ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App