१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्यानडामा भारतीय युवतीको हत्या, संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी

क्यानडामा एक भारतीय युवतीको हत्या भएको छ। क्यानडाको ओन्टारियोमा २७ वर्षीया पञ्जाबी युवती अमनप्रीत कौरको शव फेला परेको हो। यस घटनामा क्यानडा प्रहरीले मनप्रीत सिंह नामक एक संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

नियाग्रा क्षेत्रीय प्रहरी सेवाले अक्टोबर २१ मा लिंकन सहरको चार्ल्स डेली पार्कमा पञ्जाबको संगरुर निवासी अमनप्रीतको शव फेला पारेको थियो। प्रहरीका अनुसार अमनप्रीतको शरीरमा गम्भीर चोटपटक लागेको थियो। उत्तरी योर्क निवासी अमनप्रीतको मृत्युमा प्रहरीले मनप्रीतमाथि हत्याको आरोप लगाएको छ।

क्यानेडियन प्रहरीका अनुसार मनप्रीत सिंह क्यानडाबाट भागेका थिए। अमनप्रीतको परिवारका अनुसार अमनप्रीत २०२१ मा क्यानडा गएका थिए र अस्पतालमा काम गरेर राम्रो जीवन बिताइरहेका थिए। बीबीसी

प्रकाशित: ११ कार्तिक २०८२ १३:१२ मंगलबार