१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इमरानले छोराहरूसँग कुरा गर्न पाएनन्, विश्वको मौनता देखेर पूर्वपत्नी आक्रोशित

इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लागु

जेमिमा गोल्डस्मिथले पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पूर्वपति इमरान खानको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायमा अनौठो मौनता देखिएको बताएकी छिन्। 

सामाजिक सञ्जालमा इमरानको मृत्युको हल्ला चलेको बेला जेमिमाले एक्समा लेखेकी छिन्, ‘उनका (इमरान खानका) छोराहरूलाई चिठी पठाउन पनि अनुमति छैन। यो उदेकलाग्दो छ। यसमा अन्तर्राष्ट्रिय समुदायले अनौठो मौनता कायम राखेको छ।’

यसअघि इमरानका छोरा कासिम खानले पनि बुबा जीवित रहेको प्रमाण मागेका थिए। 

पाकिस्तान तहरिक इन्साफ (पीटीआई) का संस्थापक समेत रहेका खानका लागि पार्टीले मंगलबार (आज) इस्लामाबाद उच्च अदालत र अदियाला जेल बाहिर शान्तिपूर्ण विरोध गर्ने घोषणा गरेको छ। 

विरोध अघि इस्लामाबाद र रावलपिन्डीमा धारा १४४ लगाइएको छ, कुनै भेला वा जुलुस गर्न पूर्ण प्रतिबन्ध छ।

खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले आइतबार विरोधको घोषणा गरेका थिए। उनले विरोधमा केवल सांसदहरू मात्र सहभागी हुने बताएका छन्। 

उनका अनुसार कार्यकर्ता आउने छैनन्। यो प्रदर्शन इमरान खान र उनकी पत्नी बुशरा बीबीमाथिका मुद्दा छिटो सुनुवाइ गर्न दबाब दिने उद्देश्यले गरिएको उनले बताए।

इमरान खान दुई वर्षभन्दा लामो समयदेखि अदियाला जेलमा छन्। 

प्रकाशित: १६ मंसिर २०८२ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App