१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अर्नब चक्रवातको प्रभाव : आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा

चक्रवात अर्नबको प्रभाव अझै जारी छ। भारतका आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा भइरहेको छ।

चक्रवात अर्नबको प्रभावका कारण आन्ध्र प्रदेश, ओडिशा र तेलंगानाका विभिन्न क्षेत्रमा भारी वर्षा भइरहेको छ। चक्रवातले पुर्‍याएको क्षतिको प्रारम्भिक आकलन भइरहेको छ।

भारतीय मौसम विज्ञान विभागका अनुसार पश्चिम-मध्य बंगालको खाडीमा आन्ध्र प्रदेश र पुडुचेरीको यानम तटीय क्षेत्रनजिक रहेको चक्रवात अर्नब पूर्ण रूपमा कमजोर भएको छ।

पछिल्लो ६ घण्टामा यो प्रणाली प्रतिघण्टा करिब १५ किलोमिटरको गतिमा उत्तरतर्फ अघि बढेको थियो। त्यसपछि यो शक्तिशाली न्यूनचापीय क्षेत्रमा परिणत भएको छ।

मौसम विभागका अनुसार अक्टोबर २८ को राति ११ः३० बजे यसको केन्द्र आन्ध्र प्रदेशनजिकै दक्षिणी ओडिशा, दक्षिणी छत्तीसगढ र उत्तरपूर्वी तेलंगानासँग जोडिएको क्षेत्रमा रहेको थियो।

मौसम विभागले बिहीबार बिहानसम्म यो प्रणाली कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत हुने र साँझसम्म न्यूनचापीय क्षेत्रका रूपमा रहने सम्भावना रहेको जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App