२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नौ वर्षीया बालिकाको मृत्युले फ्रान्स स्तब्ध

उत्तरपूर्वी फ्रान्समा एक नौ वर्षीया बालिका यस सप्ताहन्तमा आफ्नै घरमा मृत फेला परेकी छन्। अभियोजक र प्रहरी स्रोतहरूले आफ्ना साथीहरूले अनावश्यक जिस्काउने गरेका कारण उनले आत्महत्या गरेको हुनसक्ने बताएका छन्।  

सोमबार ती बालिकाको शव सारेगुमाइन्स सहरमा फेला परेपछि पूर्व प्रधानमन्त्री गेब्रियल अटलले परिवारप्रति समवेदना व्यक्त गरेका छन्।  

‘बदमासी एक अभिशाप हो, एक ढिलो विष जसले आत्मविश्वास नष्ट गर्छ र सबैभन्दा खराब अवस्था निम्त्याउन सक्छ,’ गत वर्ष स्कुलमा उत्पीडनविरुद्ध लड्न एक संघ स्थापना गरेका पूर्व शिक्षा मन्त्रीले एक्समा लेखेका छन्।  

क्षेत्रीय शिक्षा अधिकारीहरूले ‘यस दुखद घटनाबाट उनीहरू स्तब्ध भएको’ बताएका छन् यद्यपि सरकारी अभियोजकको कार्यालयले अनुसन्धान जारी रहेको बताएको छ।  

सरकारी अभियोजकको कार्यालयले विस्तृत विवरण प्रदान नगरीकन भनेको छ, ‘ती बालिकाले “आत्महत्या” गरेको जस्तो देखिन्छ।’ 

प्रहरी स्रोतका अनुसार ती बालिकाले मृत्युपूर्व आफ्नो परिवारलाई पत्र लेखेको जानकारी पाइएको छ।  

उनकी आमाले भनेकी छन्, पत्रमा बालिकाले आफ्ना प्राथमिक विद्यालयका सहपाठीहरूले उनलाई बढी वजन भएको भन्दै जिस्काउने गरेको र पहिल्यै पनि यसका कारण ती बालिकाले आत्महत्या गर्ने निर्णय लिएको बताएकी थिइन्।  

सोमबार बिहान विद्यालय बाहिर फलामको बारमा सेतो गुलाबहरू राखेर विद्यालयलाई पनि घटनाबारे सूचना दिइएको छ तर यो साङ्केतिक रूपमा मात्र जानकारी थियो।  

केटीको परिवारको नजिकका एक व्यक्तिले नाम नबताउने सर्तमा भने, ‘विद्यालयलाई बदमासी (घटना)को बारेमा जानकारी दिइएको थियो।’  

नौ वर्षीया सहपाठी अब्नोरले भनेकी छन्, ‘बालिकालाई त्यो दिन पनि कक्षामा र घर फर्कने क्रममा पनि जिस्क्याइएको थियो।’  

‘कक्षामा, उनी हाँसिन्, उनी अलि हँसिलो थिइन्, तर अन्य बच्चाहरूले उनलाई गरेको अपमानका कारण कहिलेकाँही निराश पनि बन्नुपरेको थियो,’ बालिकाले विद्यालय बाहिर आफ्नी आमासँग भनेको कुरा सम्झँदै आमाले भनेकी छन्।  

‘यो राम्रो होइन,’ बालिकाले आमासँगको कुराकानीमा थपेकी थिइन्।  

आमाले बालिकाले भनेका कुरा जस्ताको तस्तै प्रस्तुत गरेकी छन्, ‘हामी सिक्न, राम्रो जागिर पाउन, पैसा कमाउन विद्यालयमा गएका हुन्छौँ। न त यहाँ न त संसारको कहीँ पनि दादागिरीको लागि ठाउँ होइन।’ एएफपी

प्रकाशित: २८ आश्विन २०८२ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App