अन्तर्राष्ट्रिय समुदायले –जुन १२ मा बालश्रम विरुद्धको विश्व दिवस मनाउँदै गर्दा, लाखौं अफगान बालबालिकाहरूले चरम गरिबीको कारण विद्यालय छोडेर इँटा भट्टी, बजार, निर्माण लगाउएका स्थलहरूमा बालश्रम गरिरहेको जनाइएको छन ।
लााखौँ अन्य अफगान बालबालिकाको सफा लुगा लगाउने र हरेक दिन विद्यालय जाने सपना देख्छन् । तर जिवन बचाउनका लागि काम गर्न बाध्य भएको सिन्ह्वाले जनाएको छ ।
अफगानिस्तानका चलेको दशकौं लामो युद्ध र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूले अर्थतन्त्रलाई सिथिल बनाउनुका साथै चरम गरिबी र बेरोजगारी बढेको जनाइएको छ । संकटले बालबालिकासहित लाखौं अफगानहरूलाई आफ्नो घर शिक्षा त्यागी परिवारलाई बचाउन इँटा भट्टी सडक मर्मत लगायतका उपलब्ध काम गर्न बाध्य पारेको जनाएको छ ।
ग्लोबल च्यारिटीका अनुसार सेभ द चिल्ड्रेनले मार्चमा जारी गरिएको एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) को तथ्याङ्कमा लगभग हरेक तीन जना मध्ये एक, अफगान बालबालिका गम्भीर भोकमरीको सामना गरिरहेका छन् । यसैगरी पाँच वर्ष मुनिका ३७ लाख बालबालिका उच्च कुपोषणमा छन् । एजेन्सीले सर्वेक्षण गरेका दुई तिहाइ बच्चाहरूमा पातलोपन र न्युन वृद्धि विकास लक्षणहरू देखापरेका थिए ।
अफगानिस्तानमा बालबालिकाहरू जुत्ता सफा गर्ने, कार धुने, सामान बेच्ने, धातुको कार्यशालाहरू, गार्मेन्ट कारखानाहरू, निर्माण–कार्य जस्ता खतरनाक खानीमासमेत काम गर्न बाध्य भएको उल्लेख गरिएको छ ।
श्रम तथा सामाजिक मामिला मन्त्रालयले राजधानी काबुलसहित अफगानिस्तानका ३४ वटा प्रान्तमा कठिन काममा संलग्न अनाथ र कमजोर बालबालिकाका लागि प्रशिक्षण केन्द्र स्थापना गरेको मन्त्रालयको प्रवक्ता सामिउल्लाह इब्राहिमीले बताउनु भएको छ ।
गत वर्ष, मन्त्रालयले अनाथ तथा एकल बच्चाहरूसँग सम्बन्धित करिब १३ हजार ५०० वटा सवालहरुलाई सम्बोधन गरी उनीहरूको कल्याण र रक्षा गर्न आवश्यक सहयोग र प्रदान गरेको इब्राहिमीलाइृ उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।
शिक्षाबाहेक तालिम केन्द्रहरूले बालबालिकाको स्वास्थ्य, खाना, कपडा र आवास लगायत सबै आवश्यकताहरूमा ध्यान दिएको उहाँले बताउनु भएको छ ।
प्रकाशित: २८ जेष्ठ २०८३ १६:३४ बिहीबार





