२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

वार्ताकै बिच युक्रेनमाथि ड्रोन र मिसाइल वर्षा, ट्रम्प भन्छन्- युद्धविराम जेलेन्स्कीको काँधमा छ

रुसले शुक्रबार साँझदेखि रातभर युक्रेनमाथि ८५ आत्मघाती ड्रोन र एक ‘इस्कान्दर–एम’ ब्यालिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ। किभसहित चार अग्रपंक्ति क्षेत्रलाई निशाना बनाइएको थियो। युक्रेनले ६१ ड्रोन खसालेको दाबी गरेको छ।

यो आक्रमण अमेरिकाको अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएको महत्त्वपूर्ण वार्ताकै दिन भएको हो। एंकोरेजमा झन्डै तीन घण्टा चलेको यो वार्ता सन् २०२१ पछिको पहिलो प्रत्यक्ष भेट थियो, तर युक्रेन युद्ध अन्त्यका लागि कुनै ठोस सहमति हुन सकेन।

ट्रम्पले भने, ‘हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ।’ उनले युक्रेन युद्धविरामको जिम्मेवारी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रहेको बताए। ट्रम्पले पुटिन, जेलेन्स्की र युरोपेली मुलुकहरू सम्मिलित अर्को बैठक चाँडै हुने संकेत गरे, तर मिति र स्थान खुलाएनन्।

सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रुसी आक्रमणले हजारौँको ज्यान लिइसकेको छ। जेलेन्स्कीले वार्तापछि कुनै प्रतिक्रिया दिएका छैनन्। एजेन्सी

प्रकाशित: ३१ श्रावण २०८२ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App