१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नाइजेरियाको बर्नो राज्यको गाउँमा आक्रमण, ५५ भन्दा बढीको मृत्यु

उत्तरी–पूर्वी नाइजेरियाको बर्नो राज्यमा विगतका वर्ष विस्थापन भोगेका मानिसहरू फर्किएको एउटा गाउँमा भएको आक्रमणमा कम्तीमा ५५ जनाको हत्या भएको छ।क्यामरुनको सीमासँग नजिकै रहेको दारुल जमामा शुक्रबार राति आक्रमण भएको हो। बोकु हरामका मानिएका लडाकुहरू मोटरसाइकलमा आएर अन्धाधुन्ध गोली चलाए र घरहरूमा आगजनी गरे।

सरकारी पक्षधर मिलिसियाका कमान्डर बाबागाना इब्राहिमले समाचार संस्था एएफपीलाई दिएको जानकारीअनुसार ५५ जनाको मृत्यु भएको छ, जसमा ६ जना सैनिक पनि समावेश छन्। दारुल जमाका परम्परागत मुखियाले रोयटर्सलाई भने, शनिबार बिहानसम्म ७० वटा शव फेला परेको र अझै धेरै मानिसहरू वरपरको जंगलमा हराइरहेका छन्।

‘उनीहरूले घर–घरमा पसेर पुरुषहरूलाई मारिदिए, महिलालाई भने छोडिदिए। लगभग हरेक परिवार प्रभावित भएको छ,’ उनले भने। उनका अनुसार २० भन्दा बढी घर र १० वटा बसहरू जलेका छन्।

नाइजेरियाली सेनाले हालै महिनाहरूमा बर्नो राज्यमा बोकु हराम र यसको फुटेका समूह आईएसडब्लुएपी विरुद्ध कारबाही तीव्र पारेको दाबी गरेको छ। तर सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ, यो आक्रमण बोकु हरामका कमान्डर अली न्गुल्देले नेतृत्व गरेका हुन्।

बचेर भागेका बासिन्दा बाबागाना मलाले भने, सेनालाई तीन दिन अगावै गाउँ नजिक बोकु हराम जम्मा भएको खबर दिएको भए पनि कुनै अतिरिक्त फौज पठाइएन।‘उनीहरूले सैनिकलाई समेत पराजित गरे, हामीलाई लिएर बाँमा सहरतर्फ भागे,’ उनले भने।

मारिएका धेरैजसो व्यक्तिहरू हालै बाँमा नजिकैको सरकारी माध्यमिक विद्यालय विस्थापित शिविरबाट फर्काइएका परिवार थिए। त्यो शिविर यस वर्ष सरकारले बन्द गरेको हो। एजेन्सी

प्रकाशित: २२ भाद्र २०८२ ०७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App