२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा जारी प्रदर्शनमा पाँच सय बढी मारिएको दाबी : ट्रम्पको धम्की, तेहरानले के भन्यो ?

अमेरिकामा आधारित अधिकार समूह एचआरएएनएले इरानमा दुई हप्तादेखि प्रदर्शनमा चार सय ९० प्रदर्शनकारी र ४८ सुरक्षा कर्मचारी गरी कुल पाँच सय बढीको मृत्यु भएको बताएको छ। यसैबीच १० हजार ६०० बढी पक्राउ परेका छन्।

ट्रम्पले प्रदर्शनकारीमाथि बल प्रयोग भए अमेरिका हस्तक्षेप गर्ने बारम्बार धम्की दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘इरान स्वतन्त्रतालाई हेरिरहेको छ...अमेरिका मद्दत गर्न तयार छ!’

जवाफमा इरानले अमेरिकालाई 'गलत हिसाब' नगर्न चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले भने, ‘हामी स्पष्ट हुनुहोस्: इरानमाथि आक्रमण भए कब्जा गरिएका क्षेत्रहरू (इजरायल) साथै सबै अमेरिकी अड्डाहरू र जहाजहरू हाम्रो वैध लक्ष्य (निशाना) हुनेछन्।’

इजरायली स्रोतहरूले अमेरिकी हस्तक्षेपको सम्भावनाप्रति उच्च सतर्कतामा रहेको बताएका छन्।

प्रदर्शन डिसेम्बर २८ बाट मूल्यवृद्धिविरुद्ध सुरु भएको थियो, जुन अहिले इस्लामिक गणतन्त्रविरुद्ध ठूलो आन्दोलन बनेको छ। इन्टरनेट प्रतिबन्धका कारण सूचना प्रवाहमा अवरोध आएको बताइको छ।

सरकारी टिभीले मृत सुरक्षाकर्मीहरूलाई 'सहीद' घोषणा गर्दै तीन दिनको राष्ट्रिय शोक मनाएको छ भने प्रदर्शनकारीहरूलाई 'दंगालु र आतंककारी' भन्दै आएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हिंसाबाट स्तब्ध भएको बताउँदै अधिकतम संयम अपनाउन आग्रह गरेका छन्।

यो सन् २०२२ पछिको सबैभन्दा ठूलो प्रदर्शन हो, जसले इरानको अली खामेनी शासनलाई गम्भीर चुनौती दिएको छ। एजेन्सी

प्रकाशित: २८ पुस २०८२ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App