क्युबामा जुलाईदेखि फैलिएको लामखुट्टेबाट सर्ने रोग (चिकनगुनिया र डेंगु) ले हालसम्म २१ बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ।
क्युबा स्वास्थ्य अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो (२१ जना) लाई चिकनगुनियाको सङ्क्रमण रहेको थियो भने बाँकी १२ जनाको डेंगुबाट मृत्यु भएको हो। उपस्वास्थ्यमन्त्री कारिल्डा पेनाले सरकारी टेलिभिजनमा यसबारे जानकारी गराएकी हुन्।
चिकनगुनिया पहिलोपटक पश्चिमी माटान्जास प्रान्तमा देखा परेको थियो। तर केही महिनामै देशका १५ प्रान्तमा फैलिएको छ। करिब ९.७ मिलियन जनसंख्या भएको देशमा रोगको तीव्र फैलावटसँगै स्वास्थ्य सेवामा थप चुनौती आएको छ।
चिकनगुनियाविरुद्ध खोप उपलब्ध भए पनि क्युबामा प्रकोप रोक्न कठिनाइ भइरहेको छ। क्युबा, चीन, माडागास्कर, केन्यासहित जोखिम बढेका देशहरूका लागि चेतावनी जारी गर्दै यात्रुहरूलाई खोप लगाउन र लामखुट्टेबाट बच्न कडाइसँग सावधानी अपनाउन आग्रह गरेको छ।
अक्टोबर २०२५ मा अमेरिकाको न्यूयोर्कमा पनि स्थानीय रूपमा प्राप्त पहिलो चिकनगुनिया केस भेटिएको थियो। एजेन्सी
प्रकाशित: १७ मंसिर २०८२ ०९:३१ बुधबार





