अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्याङ्की चुहावट हुन थाले पछि दशौं हजार मानिसहरूलाई आफ्नो घर छोड्न आदेश दिइएको जनाइएको छ।
ट्याङ्कीमा २६ हजार लिटर मिथाइल मेथाक्रिलेट रहेको बताइएको छ । जुन प्लास्टिक बनाउन प्रयोग हुने अस्थिर र ज्वलनशील तरल पदार्थ हो। अग्नि नियन्त्रकहरूले स्थिति गम्भीर रहेको चेतावनी दिएका थिए।
ट्याङ्कीमा निरन्तर चुवावट भएमा त्यस क्षेत्रको पार्किङ स्थलमा उक्त खराब रसायनहरू छरिने वा उड्ने सम्भावना रहेको हुँदा यसले वरपरका ईन्धन वा रसायनहरू भएका ट्याङ्कीहरूलाई असर गर्ने बताइएको छ । लस एन्जलसको दक्षिणपूर्वमा रहेको ओरेन्ज काउन्टीको गार्डेन ग्रोभ क्षेत्रमा यो घटना भएको हो।
गार्डेन ग्रोभ प्रहरी प्रमुख अमिर एल–फर्राले निकासी आदेश जारी गरी करिब ४० हजार मानिस प्रभावित भएको र हजारौंले आफ्नो घर छोड्न अस्वीकार गरेको बताएका छन्। स्थानीय टिभीले खिचेको हवाई फुटेजमा ट्याङ्कीमा पानी छर्किरहेको देखाइएको छ। भने ट्याङ्की चिसो पार्ने प्रयास सफल भएको बताइएको छ।
हाल ६१ डिग्रीको तापक्रममा भएपनि ५० डिग्रीमा झरे पछि यसको अवस्था सहज भएको मानिने र त्यसैले हाल सम्मका प्रयासहरू सफल भइरहेको जनाइएको छ। स्वास्थ्य अधिकारी रेजिना चिन्सियो क्वाङले ट्याङ्की वरपरको प्रभावित क्षेत्रमा आवश्यक सावधानी अपनाइ रहेको बताएकी छिन्।
शुक्रबार सम्म कोहि प्रभावित तथा घाइते भएको रिपोर्ट गरिएको छैन तर चुहावटको कारण पत्ता लगाउन सकिएको छैन । यद्यपी रासायनिक फैलावटको लागि आवाश्यक पूर्व तयारी गरिरहेको बताइएको छ। हावा र समुद्रमा समाहित हुने नदीहरूमा पुग्नबाट कुनै पनि छरिएको सामग्रीलाई रोक्न अवरोधहरू कायम राख्ने काम गरिरहेको अधिकारीहरुले बताएका छन्।
अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले मिथाइल मेथाक्रिलेटले मानिसमा छाला, आँखा र झिल्लीमा जलन गरिरहेको बताएको छ। यसले मानिसहरुमा अल्पकालीन र दीर्घकालीन प्रभाव पछि श्वासप्रश्वासका प्रभावहरू रिपोर्ट गरिएको छ।
प्रकाशित: ९ जेष्ठ २०८३ १४:०८ शनिबार





