७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा बजेट पास असफल, सरकार ‘शटडाउन’ मा प्रवेश

<br>

अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले बजेट विधेयक पारित गर्न नसकेपछि अमेरिकामा ‘गभर्न्मन्ट शटडाउन’ सुरु भएको छ। सेप्टेम्बर ३० को मध्यरातदेखि लागू भएको यस अवस्थाले सरकारी कामकाज अस्थायी रूपमा स्थगित हुने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको रिपब्लिकन पार्टी र विपक्षी डेमोक्र्याटबीच समझदारी नजुट्दा यस्तो स्थिति आएको हो। ट्रम्पले शटडाउनका कारण धेरै कर्मचारीलाई स्थायी रूपमा निकाला गर्न सकिने चेतावनी दिएका छन्।

यद्यपि सीमा सुरक्षा, स्वास्थ्य सेवा, प्रहरी प्रशासन र हवाई यातायात नियमनजस्ता अत्यावश्यक सेवामा भने प्रभाव नपर्ने बताइएको छ। तर खाद्य सेवा, विद्यालय, विद्यार्थी कर्जा, राष्ट्रिय निकुञ्जलगायतका क्षेत्र भने आंशिक वा पूर्ण रूपमा बन्द हुने सम्भावना छ।

सन् २०१८–१९ पछि पहिलो पटक आएको यो शटडाउन अमेरिकी राजनीतिक दलबीचको बजेटसम्बन्धी टकरावकै परिणाम हो।

प्रकाशित: १५ आश्विन २०८२ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App