४ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चोरी भएको एक वर्षपछि ‘ब्रुस ली’को मूर्ति पुरानै स्थानमा राखियो

मार्शल आर्टका दिवंगत अभिनेता ब्रुस लीको सम्मानमा जीर्णोद्धार गरिएको मूर्ति चोरी भएको एक वर्षभन्दा बढी समयपछि फिर्ता गरिएको छ।

बुधबार बोस्नियाको मोस्टार सहरमा पूर्ववत् स्थानमा फिर्ता गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। नन चक समातेर रक्षात्मक स्थितिमा उभिएको ब्रुस लीको पूर्ण कदको काँस्य प्रतिमा मूल रूपमा सन् २००५ मा मोस्टारको एक पार्कमा अनावरण गरिएको थियो। त्यसपछि यसलाई धेरै पटक तोडफोड गरिएको छ।

सन् १९९० को दशकको युद्धमा बोस्नियाली क्रोट्स र बोस्नियाली मुस्लिमहरूबीच भीषण लडाइँ भएपछि गहिरो रूपमा विभाजित रहेको सहरमा सबै जातीय समूहहरूसँग सम्बन्धित हुन सक्ने नायकको रूपमा ब्रुस लीलाई छानिएको थियो। उक्त मूर्ति सन् २०२४ मार्चमा पार्कबाट गायब भएको थियो तर केही दिनपछि तोडिएको धातुको रूपमा बिक्रीका लागि धेरै टुक्राहरूमा काटिएको फेला परेको थियो।

प्रहरीले मूर्ति चोरी गर्ने अपराधीलाई तत्काल पक्राउ गरी मुद्दा चलाएको थियो भने घटनामा संलग्न चोरलाई यसै वर्षको सुरुमा १० महिनाको जेल सजाय सुनाइएको थियो। बोस्नियाको दक्षिणी सहर मोस्टारमा स्थापित मूर्ति स्थानीयका लागि एक आकर्षण बनेको थियो भने यसको चोरीपछि सार्वजनिक आक्रोश उत्पन्न भएको थियो।

‘बुधबार, सहरको पर्यटन बोर्डका प्रमुख एल्भिरा सेमालोभिकले मोस्टारका बासिन्दाहरूका लागि मूर्तिको पुनःस्थापनाको महत्त्वलाई ‘न्याय र शान्ति’ को प्रतीकको रूपमा प्रस्तुत गर्नुभएको छ,’ अधिकारीलाई उद्धृत गरी क्षेत्रीय प्रसारकले समाचारमा बताएको छ। एजेन्सी 

प्रकाशित: ३ पुस २०८२ ०८:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App