१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियाका प्रधानमन्त्रीको विवाह : इतिहासमै पहिलो घटना, अर्को हप्ता हनिमुन !

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आफ्नी 'पार्टनर' जोडी हेडनसँग दोस्रो विवाह गरेका छन्। यो विवाहसँगै उनी पदमा रहँदा विवाह गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्।

क्यानबेरास्थित आफ्नो आधिकारिक निवास 'द लज' मा शनिबार दिउँसो भएको यो सानो समारोहमा उनले विवाह गरेका हुन्। समारोहमा उनका छोरा नाथन, हेडनका आमा–बुबा बिल र पौलिन हेडनसहित नजिकका परिवारका सदस्य र साथीहरूको सानो समूह मात्र उपस्थित थियो।

अल्बानीज र हेडनले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी हाम्रो परिवार र नजिकका साथीहरूको अगाडि हाम्रो भविष्यको जीवन सँगै बिताउने हाम्रो प्रेम र प्रतिबद्धता साझा गर्न पाउँदा अत्यन्तै खुसी छौँ।’

हेडनलाई उनका आमा–बुबाले बेन फोल्ड्सको गीत ‘द लक्किएस्ट’ गाउँदै समारोह स्थलमा ल्याएका थिए। उनले सिड्नीकी डिजाइनर रोमान्स वास बोर्नको पोशाक लगाएकी थिइन् भने अल्बानीजले एमजे बेलको सुट लगाएका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार विवाहको औँठी अल्बानीजका कुकुर टोटोले बोकेको थियो। यो जोडीले अर्को हप्ता सोमबारदेखि शुक्रबारसम्म अस्ट्रेलियाभित्र नै हनिमुन मनाउने योजना बनाएको छ।

उनीहरूको पहिलो भेट छ वर्ष पहिले मेलबर्नको एक व्यावसायिक कार्यक्रममा भएको थियो। फेब्रुअरी २०२४ मा क्यानबेराको एक रेस्टुरेन्टमा खाना खाएपछि अल्बानीजले हेडनलाई विवाहको प्रस्ताव राखेका थिए।

प्रकाशित: १३ मंसिर २०८२ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App