दक्षिणी पेरुमा बुधबार एक यात्रुवाहक बस अर्को पिकअप ट्रकसँग ठोक्किएर ६५० फिटभन्दा बढी गहिरो खोंचमा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
उक्त बस अरेक्विपा क्षेत्रमा पर्ने ओकोना नदीको किनारमा दुर्घटना भएको हो। बसले एउटा पिकअप ट्रकलाई ठक्कर दिएपछि घुमाउरो बाटोबाट गहिरो खोंचमा खसेको थियो। अरेक्विपा क्षेत्रका स्वास्थ्य प्रबन्धक वाल्थर ओपोर्टोका अनुसार दुर्घटनामा कम्तीमा ३७ जनाले ज्यान गुमाएका छन् र १३ जना घाइते भएका छन्।
उक्त बस दक्षिणी पेरुको खानी क्षेत्र चाल शहरबाट अरेक्विपा शहरतर्फ जाँदै गरेको बताइएको छ। पेरुमा हुने बस दुर्घटनाहरू असामान्य छैनन् किनकि भौगोलिक बनावट र सडककोअवस्थाका कारण विगत धेरै वर्षदेखि यस्ता दुर्घटनाहरू भइरहेका अधिकारीहरूले जनाएका छन्।
घातक बस दुर्घटनाहरूमा २०१८ मा पेरुका अधिकारीहरूले देशको प्रशान्त तट नजिकैको राजमार्गको एउटा साँघुरो खण्ड, जसलाई ‘शैतानको घुमाउरो’ बाट भनेर परिचित बाटोमा यात्रु बसहरू बोक्न प्रतिबन्ध गरेका थिए।
विगतमा पनि सोही ठाउँमा बस भिरबाट खस्दा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो, जुन पेरुको इतिहासको सबैभन्दा घातक सवारी दुर्घटनाहरू मध्ये एक मानिएको छ।
पछिल्लो समय उक्त राजमार्गमा एउटा बस पल्टिँदा १० जनाको मृत्यु भएको थियो भने जुलाई महिनामा लिमाबाट अमेजन क्षेत्र जाँदै गरेको अर्को बस पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु र ४८ जना घाइतेभएका थिए। त्यसैगरी, जनवरीमा एउटा बस नदीमा खस्दा कम्तीमा ६ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए।
सरकारको मृत्यु सूचना प्रणालीको आधिकारिक तथ्याङ्क अनुसार, २०२४ मा दक्षिण अमेरिकी देश पेरुमा ट्राफिक दुर्घटनाका कारण लगभग ३,१७३ जनाको मृत्यु भएको थियो जनाएको छ। एजेन्सी
प्रकाशित: २७ कार्तिक २०८२ ०७:४२ बिहीबार





