१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको पुल दुर्घटनामा कम्तीमा १२ जना निर्माण मजदुरको मृत्यु

चीनको छिङहाई प्रान्तमा निर्माणाधीन रेलमार्गको पुल भत्किँदा कम्तीमा १२ जना मजदुरको मृत्यु भएको छ र थप ४ जना हराइरहेको राज्य सञ्चालित मिडियाले जनाएका छन्। सरकारी समाचार एजेन्सी सिन्ह्वाद्वारा सार्वजनिक हवाई तस्बिरहरूमा हरियो–नीलो रङ्गको अर्धवृत्ताकार आर्चको ठुलो भाग हराएको देखिन्छ।

पुलको एक बाङ्गिएको भाग तलको पहेँलो नदी (ह्वाङ्हो) तर्फ झुन्डिएर लत्रिएको छ।सिन्ह्वा अनुसार शुक्रबार बिहान करिब ३ बजे स्टिलको तार चुँडिँदा उत्तरपश्चिमी चीनको छिङहाई प्रान्तमा उक्त घटना भएको हो। त्यतिबेला पुलमा १६ जना मजदुर काम गरिरहेका थिए। हराइरहेका मजदुरहरूको खोजीका लागि डुङ्गा, हेलिकप्टर र रोबोटहरू प्रयोग गरिएको बताइएको छ।

चाइना डेली अंग्रेजी दैनिकले जनाएअनुसार पुल १.६ किलोमिटर (१ माइल) लामो छ र यसको डेक नदीको सतहभन्दा ५५ मिटर (१८० फिट) माथि छ। एजेन्सी

प्रकाशित: ८ भाद्र २०८२ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App