२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलामा हवाई हमला : मादुरोले घोषणा गरे आपतकाल, कोलम्बियाले के भन्यो?

भेनेजुएलाको राजधानी काराकाससहित अन्य ठाउँमा ठूला विस्फोटहरू सुनिएपछि मादुरो सरकारले अमेरिकाले देशका विभिन्न भागमा गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएको छ।

सरकारको विज्ञप्तिमा अमेरिकाले काराकास तथा मिरान्डा, अरागुआ र ला गुएरा राज्यमा आक्रमण गरेको उल्लेख छ। आक्रमणपछि राष्ट्रपति निकोलस मादुरोले विज्ञप्ति जारी गरेर अमेरिकाको डोनाल्ड ट्रम्प सरकारको कडा निन्दा गरेका छन्।मादुरोका अनुसार यी आक्रमणले काराकाससँगै मिरान्डा, अरागुआ र ला गुएरा राज्यका नागरिक तथा सैन्य लक्ष्यहरूलाई निशाना बनाएका थिए।

सरकारले यस्ता आक्रमणको कडा जवाफ दिने बताएको छ। मादुरोले अमेरिकामाथि सत्ता कब्जाको प्रयास गरेको आरोप लगाएका छन्। साथै, भेनेजुएलाले संयुक्त राष्ट्र सुरक्षा परिषद्, महासचिव र अन्य अन्तर्राष्ट्रिय निकायमा उजुरी दर्ता गरी अमेरिकाको निन्दा गर्न माग गर्ने बताएको छ। 

मादुरोले आपतकालको घोषणा गरेका गरेर सबै राष्ट्रिय रक्षा योजनाहरू आवश्यक समय र अवस्थामा कार्यान्वयन गर्न आदेश दिएका छन्। ‘भेनेजुएलाका जनता र उनीहरूको बोलिभेरियन राष्ट्रिय सशस्त्र बलहरू, पूर्ण लोकप्रिय-सैन्य-प्रहरी एकतामा, सार्वभौमसत्ता र शान्तिको ग्यारेन्टी गर्न तैनाथ छन्,’ विज्ञप्तिमा भनिएको छ।

काराकासमा विस्फोटको आवाज सुनिएपछि छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले संयुक्त राष्ट्रलाई तुरुन्त बैठक बोलाउन आह्वान गरेका छन्। ‘अहिले उनीहरू काराकासमा बमबारी गरिरहेका छन्। विश्वलाई सचेत गराउनुहोस्, उनीहरूले भेनेजुएलामा आक्रमण गरेका छन्,’ पेट्रोले एक्समा लेखेका छन्। 

अहिलेसम्म अमेरिकाले यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। जसकारण विस्फोटको कारण पूर्ण रूपमा स्पष्ट भएको छैन। एजेन्सीको सहयोगमा 

प्रकाशित: १९ पुस २०८२ १४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App