भारतको मध्य प्रदेशमा सडक दुर्घटना, नौको मृत्यु
भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।
भारतको मध्य प्रदेश राज्यमा बिहीबार एक यात्रु बाहक बसलाई ट्रकले ठक्कर दिएपछि भएको दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु हुनको साथै २० घाइते भएका प्रहरीले जनाएको छ।
अफ्रिकी मुलुक गाम्बियाबाट युरोप जान लागेका आप्रवासीहरु चढेको डुङ्गा मौरिटानिया नजिक एटलान्टिक महासागरमा बिहीबार दुर्घटनाग्रस्त हुँदा ५८ जनाको मृत्यु भएको छ।
राष्ट्रपति ट्रम्पले व्यक्तिगत राजनीतिक स्वार्थलाई संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्वार्थभन्दा माथि राखेको देशको तल्लो सदनको गुप्तचरसम्बन्धी विषय हेर्ने समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।
फिलिपिन्समा गत सोमबारबाट सुरु भएको आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। ‘कामुरी’ नामको सो आँधीबाट हजारौंको संख्यामा रहेका स्थानीयवासी विस्थापित पनि भएको फिलिपिन्सको मौसम विज्ञान विभाग (पागासा)ले बताएको छ।
राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउनका लागि अग्रसरता देखाउन संयुक्त राज्य अमेरिकासमक्ष पटक पटक आग्रह गरिरहेका छन्।
प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
अफगानिस्तानको जलालाबाद सहरमा एउटा सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएको बताइएको छ। यस विषयको पूर्णविवरण भने आएको छैन।
फिलिपिन्समा गत सोमबारबाट आएको आँधीका कारणको ज्यान जानेको सङ्ख्या १७ पुगेको छ।
गुगलका सहसंस्थापकहरू ल्यारी पेज र सर्गे ब्रिनले गुगलको मातृ कम्पनी अल्फाबेटको उच्च पदमा आफूहरू नरहने घोषणा गरेका छन्।
युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले बुधबार भ्रष्टाचारविरुद्धको बृहत् -यालीको नेतृत्व गरेका छन्।
भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ। यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ।
इन्डोनेसियाको पूर्वी प्रान्त मालुकुमा बुधबार शक्तिशाली भूकम्प गएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) बारे दिएको प्रतिक्रिया ‘अशिष्ट’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन्।
भारतको हैदराबाद सहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।
संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ।
संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।
विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकूको मृत्यू भएको अफगान सेनाले जनाएको छ।
भारतको हैदराबाद शहरमा २७ वर्षीया महिला पशु चिकित्सकलाई बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कडा कारबाहीको माग गरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वकिलहरुले बुधबार संसद्को तल्लो सदनमा हुने सुनुवाइमा भाग नलिने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। संसद्को न्यायपालिकासम्बन्धी समितिलाई लेखेको पत्रमा कानुनी सल्लाहकार प्याट सिपोलोनीले निष्पक्षताको अपेक्षा राखेका राष्ट्रपतिले त्यसमा भाग लिन नसक्ने बताएका हुन्।
फिलिपिन्समा कामुरी नामको आँधीबाट हजारौं व्यक्ति विस्थापित भएको उद्धार संस्थाहरुले जनाएका छन्। यो शक्तिशाली आँधीबाट राजधानी मनिलामा हुन लागेको दक्षिण पूर्वी एसियाली खेलकूदको आयोजनामा पनि असर परेको बताइएको छ।
भारतको तामिलनाडुु राज्यमा सोमबार भारी वर्षापछि आएको प्रकोपका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ। कोइमबाटोरनजिकको मेट्टुपलायमस्थित नादुर गाउँमा मात्रै घरका पर्खाललगायतका संरचनाहरु भत्किँदा चार परिवारका कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ।
एचआईभी एड्सका कारण कम्बोडियामा गत बर्ष सन् २०१८ मा मात्रै १३ सय भन्दा बढीको मृत्यु भएको छ । सन् २०१० को तुलनामा यो तथ्याङ्क ४८ प्रतिशत कम भएको अधिकारीहरुले आइतबार जनाएका छन् । त्यतिबेला २५ सयभन्दा बढीको एचआईभी एड्सका कारण मृत्यु हुने गरेको डरलाग्दो तथ्याङ्क रहेको राष्ट्रिय एड्स प्राधिकरणका अध्यक्ष आइङ मौलीले जानकारी दिए ।
संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा शनिबार भएको बिमान दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।