इन्डिगोको गोवा–दिल्ली उडानमा समस्या, हवाई दुर्घटना टर्यो
भारतको गोवाबाट नयाँदिल्ली तर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ। विमानमा करिब २ सय जना यात्रु सवार थिए।
भारतको गोवाबाट नयाँदिल्ली तर्फ उडेको इन्डिगो विमानको इन्जिनमा समस्या आएपछि गोवा विमानस्थलमै आपतकालीन अवतरण गरिएको छ। विमानमा करिब २ सय जना यात्रु सवार थिए।
चीनको झेजिआङ्ग प्रान्तको निङ्गबो शहरमा अवस्थित एक कारखानामा भएको आगलागीमा परी कम्तीमा १९ व्यक्ति मारिएका स्थानीय प्रहरीले सोमबार जानकारी दिएका छन्।
भारतको प्रशासित क्षेत्र जम्मू–कश्मीरमा संविधानबाट अनुच्छेद(धारा) ३७० हटाएपछि पहिलोपटक चुनाव गरिने भएको छ जम्मू–कश्मीरमा आगामी २४ अक्टोबरमा पहिलोपटक स्थानीय चुनाव हुँने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्य राष्ट्रका नेताहरुसँग गरेको फोनवार्ताको टिपोटमा ह्वाइट हाउसले लुकाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो। इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको खतरा नरहेको जनाएको छ। फिलिपिन्स र इन्डोनेसियाको सीमावर्ती क्षेत्रमा गएको सो भूकम्प सुरुमा ६.७ म्याग्निच्युड मापन गरिएको थियो।
अमेरिकाको मेरिल्यान्डस्थित एक सपिङ मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन्। जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्यक्तिमाथि गोली हानेको प्रहरीले जनाएको छ। ककिसभिलस्थित हन्ट भ्याली टाउन सेन्टरमा सो घटना भएको अधिकारीहरूले जनाएका छन्।
तीन महिनाभन्दा लामो समयदेखि तनाबग्रस्त हङकङमा आइतबार भएको सरकारविरोधी प्रदर्शन हालसम्मकै हिंस्रक भएको बताइएको छ। प्रदर्शनकारीले प्रहरीलाई लक्षित गर्दै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि दर्जनौं सेल अश्रुग्याससहित पानीको फोहोरा र रबरका गोली प्रहार गरेको बताइएको छ। प्रहरीले सहरको विधायिकी परिषद्को भवनबाट प्रदर्शनकारीलाई अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्र र बाहिरका लब्ध प्रतिष्ठित व्यक्तित्वलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन्।
चीनमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ। देशको पूर्वी जिङसु प्रान्तमा भएको दुर्घटनाका कारण अरु ३६ जना घाइते भएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
कडा सुरक्षा व्यवस्थाबीच अफगानिस्तानमा शनिबार राष्ट्रपति चयनका लागि मतदान सम्पन्न भएको छ । कडा सुरक्षा व्यवस्था गरिएको भए पनि विद्रोहीहरुले निर्वाचनलाई केन्द्रित गरी विभिन्न ठाउँमा बम पड्काएका छन् ।
अङ्कराले इरानबाट आयात गरिरहेको पेट्रोलियम पदार्थ तथा ग्यासको कारोबारलाई निरन्तरता दिने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले शनिबार बताएका छन्।
इन्डोनेसियाको पालु शहरलाई केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पको शनिबार एक वर्ष पूरा भएको छ। यस भूकम्पमा परी करिब ४ हजार व्यक्तिको मृत्यु भएको थियो।
गगनचुम्बी भवनहरू चढ्न पोख्त ‘फ्रान्सेली स्पाइडरमेन’ अलाइन रोबर्ट जर्मनीको फ्रेङ्कफर्ट शहरस्थित ‘स्काइपर’ टावर चढेपछि पक्राउ परेका छन्।
रोमानीयाको राष्ट्रपति पदका लागि शुक्रबारसम्ममा १४ जनाले उम्मेदवारी दिएका छन्। केन्द्रीय निर्वाचन विभागले शुक्रबार दिएको जानकारी अनुसार १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
भारतमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार बाढीबाट प्रभावित भएका हजारौँ विस्थापित भएका छन्। देशको उत्तर प्रदेश राज्यमा अत्यधिक वर्षाका कारण बाढी आएको हो।
चिनियाँ विदेशमन्त्री वाङ यीले सिनजियाङ र हाल हङकङका विषयलाई लिएर गरिएको आलोचना चीनमाथिका आधारहीन आलोचना भन्दै त्यसलाई अस्वीकार गरेका छन्। उनले स्वशासित क्षेत्र हङकङ र चीनकै सिनजियाङ प्रान्तका विषयलाई लिएर विना आधार चीनको आलोचना गर्ने गरिएको पनि बताएका छन्।
संयुक्त राज्य अमेरिकाले देशभित्र अनुमति दिइने शरणार्थीहरूको सङ्ख्या नाटकीय रूपमा कटौतीको घोषणा गरेको छ। आगामी वर्षबाट १८ हजार जनालाई मात्र पुनस्र्थापित गरिने अमेरिकी विदेश मन्त्रालयले जनाइएको छ।
रुसले सुदूर पूर्वी तटीय क्षेत्रमा अनधिकृत रुपमा माछा मारेको अभियोगमा २ सय ६० जना उत्तर कोरियालीलाई पक्राउ गरिएको जनाएको छ।
फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ। आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो।
टोङ्गाका अर्थमन्त्री पोहिभा टु आई वान्टोआ नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्।
कंग्रेसको अनुसन्धान ट्रम्पले राष्ट्रपतीय अधिकार दुरुपयोग गरे वा गरेनन् तथा विदेशी सहयोगमा बाइडनलाई कमजोर पारेर आफू पुनः निर्वाचित हुन खोजेका हुन् वा होइनन् भन्ने विषयमा केन्द्रित हुनेछ।
हत्या गरिएका बालबालिकाको गाउँ ‘भावखेदी’ पनि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको गाउँ हो।
दुई पटकसम्म फ्रान्सको राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा काम गरेका सिराकको पहलमा युरोपमा एकल मुद्रा प्रचलनमा ल्याइएका थियो।
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३८ पुगेको प्रहरीले बताएको छ।