१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गुरू पूर्णिमाको चन्द्रमा नीलो देखिने!

काठमाडौं— अंग्रेजीमा एउटा उखान छ, 'वान्स इन अ ब्लु मुन।' दुर्लभ कुराको अर्थ लगाउन सो उखान प्रयोग हुँदै आएको छ। के साँच्चै नीलो चन्द्रमा दुर्लभ हुन्छ? उखानले संकेत गरेजस्तो दुर्लभ मानिएको नीलो चन्द्रमा शुक्रबार देखिँदैछ।

गुरु पूर्णिको अवसर पारेर देखिन लागेको यो चन्द्रमा दुई–अढाइ वर्षमा देखिने गर्छ। सूर्यको प्रकाश चन्द्रमा पर्दा यो चम्किने गर्छ। यसरी चम्किँदा पहेँलो वा सेतो देखिने अवस्थालाई चलचल्तीको भाषामा 'ब्लुमुन' अर्थात् नीलो चन्द्रमा भनिने गरेको छ। खगोल वैज्ञानिकहरु बोलचालको भाषामा भनिए जस्तो यो दुर्लभ भने मान्दैनन्।

नीलो चन्द्रमा देखिने समयमा एउटै महिनामा दुईवटा पूर्णिमा परेका हुन्छन्। जुलाइ २ मा पूर्णिमा परेकोमा शुक्रबार ३१ मा नीलो चन्द्रमा देखिन लागेको हो।

पछिल्लो पटक ब्लुमुन सन् २०१२ को अगस्ट ३१ मा देखिएको थियो। आगामी नीलो चन्द्रमा २०१८ जनवरी ३१ मा देखिनेछ।

प्रकाशित: १५ श्रावण २०७२ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App