१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इबोलाले मरेका व्यक्ति बाँचेर उठे (भिडियो सहित)

लाइबेरिया—डाक्टरहरु इबोलादेखि हैरान छन्। लाइबेरियामा इबोलाले मरेका एक व्यक्ति ब्युँतेपछि उनीहरु झन् चकित भएका छन्। पत्याउने नसक्ने यो घटना लाइबेरियाको राजधानी मोनरोविओको अस्पतालमा भएको हो।

इबोलाविरुद्ध परिचालित चिकित्सकको टोलीले उनलाई इबोला भाइरस फैलन नदिन मृत घोषित गर्दै शवमा ब्लीच लगाउन सुरु गरेका थिए। त्यसपछि शवलाई मुर्दाघरमा राखिएको थियो। तर चिकित्सकहरु त्यतिबेला छक्क परे जब मृत घोषित व्यक्ति नाडी हल्लाउन थाले। त्यो देखेर डरले काँमिरहेका चिकित्सक चिच्याए, 'उ जीवित छ मरेको छैन।'

त्यसपछि उनलाई फेरि अस्पताल पठाइयो। लाइबेरियामा घातक इबोलाका कारण दुई हजार व्यक्तिको ज्यान गइसकेको छ।

भिडियो

प्रकाशित: २० आश्विन २०७१ ००:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App